Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsके सिड्नीमा भिजिट नेपाल र्यालीमा अवरोध भएकै हो त ?

के सिड्नीमा भिजिट नेपाल र्यालीमा अवरोध भएकै हो त ?


सरल गुरुङ/सिड्नी


जनवरी ७ मंगलबार मध्यान्ह सिड्नीको सर्कलर क्यवेमा भिजिट नेपालको उद्घाटन कार्यक्रम थियो । पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेको कार्यक्रमको सुरुमै डढेलोमा परि ज्यान गुमाएकाहरुप्रति सहानुभूती स्वरुप मौन धारण गरिएको थियो ।

कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सभामुख जोनाथन वडी, पुर्व प्रिमियर नाथन रिज, राजदुत महेश दाहाल र महावाणिज्यदुतहरु सहभागी थिए । औपचारिक कार्यक्रम सकिएपछि ब्यानर र झण्डा बोकेर केही हुल मानिसहरु नजिकै रहेको ओपेरा हाउसतिर लागे । भिडमा पर्यटनमन्त्री भट्टराई पनि थिए । पुर्वनिर्धारित कार्यक्रममा ¥याली गर्ने कुनै योजना नै नभएको राजदुत महेश दाहालले जानकारी दिए ।
‘कार्यक्रम सकिएपछि उहाँहरु (पर्यटनमन्त्री) फोटो खिचाउनका लागि ओपरा हाउसतिर जानु भएको हो’- राजदूत दाहालले भने -‘पछिपछि अन्य सहभागीहरु पनि जाने क्रममा ¥याली जस्तो देखिएको मात्रै हो । ‘
झण्डा र ब्यानरसहित भिड आएको देखेपछि ओपेरा हाउसका सेक्युरिटी गार्डले सोधपुछ गरेका थिए । सुरक्षा गार्डले ब्यानर र झण्डा सहित भित्र जाने अनुमति नभएको जानकारी गराएका थिए । सुरक्षा गार्डले गरेको सामान्य सोधपुछलाई ¥याली नै रोकिएको भन्दै अफवाह फैलाउन खोजिएको राजदुत दाहालले बताए ।
सुरक्षागार्डको सोधपुछपछि सहभागीहरु झण्डा र ब्यानर बाहिर राखेर मन्त्रीसंगै ओपरा हाउस परिसरमा पुगेर फोटो खिचाएका थिए ।
मुलद्वारा मन्त्रीसहितको टोलीलाई सुरक्षागार्डले सोधपुछ गरेपछि चाहि घर जान तयार भएका सहभागीहरु पनि दौडिएर त्यसस्थानमा पुगेका थिए । नेपाली मन्त्रीसहितको टोलीलाई सुरक्षागार्डले सोधपुछ गरेपछि चाहि त्यहा पुगेका सहभागीहरुको मन खिन्न भएको थियो ।
उता पर्यटनमन्त्री भट्टराईले फेसबुकमा लामो स्टाटस लेखेर यस्तो खबर फैलाउनुको पछाडी गम्भीर नियत भएको बताएका छन् । उनको स्टाटस यस्तो छ ।

‘अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।
भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ