Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभिजिट नेपाल उद्घाटन बारे भ्रम फैलाउने काम भयो – राजदुतावास

भिजिट नेपाल उद्घाटन बारे भ्रम फैलाउने काम भयो – राजदुतावास


सिड्नी
मंगलबार सिड्नीमा भिजिट नेपालको कार्यक्रमका बारेमा केही संचारमाध्यमले नकारात्मक समाचार सम्प्रेषण गरि भ्रम फैलाउने काम भएको भन्दै क्यानवेरास्थित नेपाली दुतावासले दुख व्यक्त गरेको छ ।
कार्यक्रमको भोलिपल्ट अर्थात बुधबार साँझ जारी विज्ञप्तीमा भनिएको छ – ‘उद्घाटन कार्यक्रमका सम्बन्धमा विभिन्न विभिन्न अनलाइन न्युज पोर्टलहरूमा प्रकाशित समाचारहरूप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पर्यटनमन्त्री योगेश भट्टराई औपचारिक कार्यक्रम सकेर सहभागीहरुसंगै ओपेरा हाउस जाने क्रममा सुरक्षा गार्डले व्यवस्थापन समितिसंग सम्पर्क गरुन्जेलसम्म पर्खन अनुरोध गरेको भन्दै दुतावासको विज्ञप्तीमा लेखिएको छ –‘व्यवस्थापनबाट खबर आएपश्चात सहभागीहरु सजजरुपमा ओपेरा हाउससम्म पुगी पुनः सर्कुलर क्युमा फर्किएका थिए । यही विषयलाई तोडमतोड गरि केही अनलाईन न्युज पोर्टलहरुमा मन्त्रीलाई अष्ट्रेलियन प्रहरीले रोकेको भन्दै भ्रामक समाचार आएको भन्दै दुतावासले खेद व्यक्त गरेको छ ।’

दुतावासले सिड्नीको उद्घाटन नेपाल सरकारको निर्देशन अनुसारको पूर्व निर्धारित कार्यक्रम भएको पनि स्पष्ट पारेको छ । पैदल यात्राका दौरान अष्ट्रेलियाको कुनै पनि सुरक्षा निकायबाट कार्यक्रमको दौरान कुनै किसिमको अवरोध सिर्जना नगरिएको र कार्यक्रम आयोजनाका लागि सिड्नी सिटी काउन्सिलबाट सहमति प्राप्त भएको समेत दुतावासले स्पष्ट पारेको छ ।
त्यस्तै नेपाल र नेपालीहरूको आत्मसम्मानमा चोट पुर्याउने र जनमानसमा भ्रम सिर्जना गर्ने यस किसिमका
समाचार सम्प्रेषण तथा टिकाटिप्पणीहरू नगर्न समेत राजदूतावासले सबैमा अपिल गरेको छ ।

दुतावासको विज्ञप्ती यस्तो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ