Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नेपाली युवकलाई ‘ब्लड क्यान्सर’ । यसरी बचाउन सकिन्छ ।

अष्ट्रेलियामा नेपाली युवकलाई ‘ब्लड क्यान्सर’ । यसरी बचाउन सकिन्छ ।


ब्रिजवेन

सुन्दर भविष्यको सपना बोकेर ३ वर्षअघि अष्ट्रेलिया उत्रिएका एक नेपाली युवकलाई ब्लड क्यान्सर देखिएको छ ।

पोखरा स्थाई घर भएका अर्जुन तिमल्सिनालाई ब्लड क्यान्सर देखिएको हो । उनी अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका छन् । ३० वर्षिय तिमल्सिना श्रीमतिलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् ।
अचानक क्यान्सर देखिएपछि भर्खरै पढाई सकेर संघर्ष गरिरहेका दम्पत्ति रुनुकी हास्नुको स्थितीमा पुगेका छन् ।
अझ विडम्वना, क्यान्सर देखिएकै हप्ता यो दम्पतिले नवजात शिशुलाइ जन्म दिएका थिए ।
श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडापखालाले सताएको थियो । केही दिनसम्म पनि पखाला निको नभएपछि रगत परिक्षण गर्दा क्यान्सर भएको पुष्टी भएको हो ।

तिमल्सिनालाई किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको छ ।
बोन म्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया आईपुगेका छन् ।
बोन म्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनले बताए ।

विद्यार्थी भिषामा रहेका अर्जुनलाई तीनमहिनाभित्र यत्ति ठुलो रकम कहाँबाट जम्मा पार्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
‘कमाएको पैसा जति फि तिर्दा र बस्दाखादै सकियो, अलि अलि भएको पैसा पनि बच्चा जन्माउने बेला खर्च भईसक्यो’- अर्जुन दुखेसो गर्छन्-‘ उपचारका लागि यतिका रकम मैले कसरी जम्मा गर्ने होला ?’ 

‘मलाइ यतिबेला सबैको साथ चाहिएको छ, तपाईको सानो सहयोगले पनि मेरो ज्यान जोगिन्छ’-अर्जुन अपिल गर्छन्-  ‘कृपया मलाई बचाईदिनुहोस् । मेरो नवजात शिशुको मुख हेरेर भएपनि मलाई सहयोग गरिदिनुहोला ।’

अर्जुन व्रिजवेनको नेपाली समुदायमा सक्रिय नेपाली युवा हुन् । सामाजिक कार्यमा सधै अगाडी देखिने अर्जुनलाई सहयोग गर्न गैर आवासिय नेपाली संघ र अन्य सामाजिक संघसंस्था र व्यक्तीहरुले पहल सुरु गरेका छन् ।
तपाई पनि अर्जुन बचाउ अभियानमा जोडिन चाहानुहुन्छ भने कृपया तलको GoFundMe को लिंकमा गएर सहयोग रकम पढाउन सक्नुहुन्छ ।

GoFundMe मार्फत् सहयोग गर्नका लागि यहाँ थिच्नुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ