Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसवारी हाक्दा मोवाइल चलाउनेमाथी कठोर बन्दै अष्ट्रेलिया । कहाँ कति जरिवाना ?

सवारी हाक्दा मोवाइल चलाउनेमाथी कठोर बन्दै अष्ट्रेलिया । कहाँ कति जरिवाना ?


सरल गुरुङ/व्रिजवेन
सवारी दुर्घटना हुनुमा मोवाइल फोन समेत प्रमुख कारण देखिएपछि अष्ट्रेलियन सरकार यसप्रति कठोर बन्न थालेको छ ।
अष्ट्रेलियन सरकारको द ब्युरो अफ इन्फ्रास्ट्रकचर, ट्रान्सपोर्ट एण्ड रिजनल इकोनोमी – बिट्री) का अनुसार सवारी हाक्दा मोवाइल चलाएका कारण २० प्रतिशत भन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ ।
कइन्सल्याण्ड सरकारको तथ्यांक अनुसार सवारी चलाउने आफ्नो ध्यान गुमाउन पुग्दा वर्षेनी २५ जनाको ज्यान जाने गरेको छ भने १२ सय ३५ जना गम्भिर घाइते हुने गरेका छन् । गाडी हाक्दै मोवाइल चलाउदा गम्भिर रुपमा ध्यान भंग हुने र दुर्घटना हुने जोखिम बढ्दछ । जुन ०.१० मात्राको मदिरा सेवन गरेर सवारी चलाएजत्तिकै खतरानाक हुने बताइएको छ ।

त्यस्तै बिट्रीको तथ्यांक अनुसार सन् २०१९ मा ११ सय ८८ जनाले अष्ट्रेलियामा सडक दुर्घटनामा ज्यान गुमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशतले बढी हो । सडक दुर्घटनाको भयाभय स्थितीलाई मुल्याकंन गर्दै विभिन्न राज्यले कठोर नीति अंगिकार गरिरहेका छन् ।

अष्ट्रेलियामा सवारी दुर्घटनाको अवस्था
Source- BITRE

हालै न्य साउथ वेल्सले सिड्नीमा सवारी हाक्दा मोवाइल चलाएको फोटो खिच्ने अत्याधुनिक क्यामेरा जडान गरेको छ । न्युसाउथ वेल्समा गाडी हाक्दा मोवाइल चलाए ३ सय ४४ डलर जरिवाना र ५ डिमेरिटस् नम्बर घट्ने सजाए तोकिएको छ ।

कुइन्सल्याण्डमा सबैभन्दा महंगो जरिवाना ।

न्यु साउथ वेल्सभन्दा पनि अघि सरेर कुइन्सल्याण्ड राज्यले झनै कठोर नियम लागु गर्न लागेको छ ।
कुइन्सल्याण्डमा फेव्रवरी १ बाट लागु हुने नया नियम अनुसार गाडी हाक्दा मोवाइल चलाएको भेटिएमा एक हजार जरिवाना र ४ डिमेरिटस् नम्बर जरिवाना गरिने छ ।
हाल मोवाइल चलाएको पाइएमा ४ सय जरिवाना र ३ डिमेरिट्स नम्बर घटाइने कानुन छ । यति मात्रै कहाँ हो र ? १२ महिनाभित्रमा दुइ पटक गल्ती गरेको पाइएमा दोब्बर डिमेरिट्स नम्बर र लाइसेन्स नै स्थगन समेत गरिनेछ । कुइन्सल्याण्डले पनि छिट्टै मोवाइल चलाएको फोटो खिच्ने क्यामेरा जडान गर्ने तयारी गरेको छ ।

फेब्रवरीमा लागु हुने यो नियमपछि कुइन्सल्याण्ड सवारी हाक्दा मोवाइल चलाउने कानुनमा सबैभन्दा कठोर र महंगो हुने भएको छ ।
यहि गल्तीमा हाल सबैभन्दा बढी साउथ अष्ट्रेलियामा ५ सय ३४ जरिवाना र ३ डिमेरिट नम्बर घटाइने कानुन छ ।

कुइन्सल्याण्डमा यो कानुन लागु भएसंगै ओपन लाइसेन्स हुनेले माउण्ट वा ह्याण्ड फ्रि गरेर फोन उठाउन र नक्सा प्रयोग गर्न सक्नेछन् । तर, पि १ र पि २ लाइसेन्स वाहकले भने यो सुविधा समेत पाउने छैनन् ।

सवारी चलाउदा मोवाइल चलाउने र होहल्ला गरेर ध्यान भंग हुदा नेपाली चालकहरुले पनि अष्ट्रेलियामा ज्यान गुमाउने क्रम बढेको छ । गत वर्षमात्रै कारमा होहल्ला गरि रातको समयमा न्यु साउथ वेल्सको स्नोइ माउण्टेन जादै गर्दा दुर्घटना हुदा तीन नेपालीको ज्यान गएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ