Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिजवेनमा शैक्षिक र अध्यागमन मेला । पछिल्लो परिवर्तनबारे सबै जानकारी

ब्रिजवेनमा शैक्षिक र अध्यागमन मेला । पछिल्लो परिवर्तनबारे सबै जानकारी


ब्रिजवेन
शैक्षिक र अध्यागमन कानुनमा बारम्बार आइरहने फेरबदलका कारण अष्ट्रेलियामा पढिरहेका अन्तराष्ट्रिय विद्यार्थीहरु कहिलेकाही अन्यौलमा पर्ने गरेका छन् । अझ पढाइ सकेर यत्तै पिआर लिने सोच भएका विद्यार्थीलाई त यसले पार्नुसम्मको पिर पार्छ । त्यसैले हालै परिवर्तन भएको शैक्षिक र अध्यागमन कानुन बारे जानकारी दिन व्रिजवेनको नोभा एजुकेशन एण्ड माइग्रेसन सर्भिसले वृहद सम्मेलनको आयोजना गर्ने भएको छ ।

यहि फेब्रवरी ५ तारिखमा ब्रिजवेनमा हुन लागेको शैक्षिक सम्मेलनमा विद्यार्थीले अष्ट्रेलियाको सबै राज्य र क्षेत्रका अध्यागमन कानुन र शैक्षिक संस्थाहरुका बारेमा जानकारी पाउने छन् । त्यस्तै पढाइ सकेर कसरी पिआर लिने, सिपमुलक भिषाहरुको अवस्था, ग्रामिण क्षेत्रमा गएर कसरी पिआर लिने तथा छात्रवृत्तिका लागि के कस्ता मापदण्ड छन् भन्ने बारे जानकारी लिन सक्ने नोभाले जनाएको छ ।
विद्यार्थीलाई अध्ययन र पिआरका लागि सहज होस् भनेर केही वर्षदेखि वर्षको दुइ पटक यस्ता मेला आयोजना गर्दै आएको पनि नोभाले जनाएको छ ।
समुह समुह बनाएर जानकारी दिने भएकाले पनि कार्यक्रममा सहभागी विद्यार्थीले बढी लाभ लिन सक्ने बताइएको छ ।  दिउसो साढे १२ बजेदेखि साझ ५ बजेसम्म जारी रहने कार्यक्रम नोभाको ब्रिजवेन कार्यलय परिसरमै आयोजना हुने छ ।
कार्यक्रममा सहभागीलाई भिषा सर्भिसमा २५ प्रतिशत छुट तथा दुइ जनालाई ४८५ भिषा आवेदन सेवा निशुल्क हुने नोभाले जनाएको छ । त्यस्तै सहभागी सबैले इभेन्ट सिनेमाको एउटा टिकट पनि पाउनेछन् । कार्यक्रममा सहभागी हुन पैसा तिर्नु नपर्ने पनि नोभाले जनाएको छ ।

https://www.facebook.com/NovaEducationAustralia/videos/1253056288226273/?acontext=%7B%22action_history%22%3A%22[%7B%5C%22surface%5C%22%3A%5C%22page%5C%22%2C%5C%22mechanism%5C%22%3A%5C%22page_upcoming_events_card%5C%22%2C%5C%22extra_data%5C%22%3A[]%7D]%22%2C%22has_source%22%3Atrue%7D



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ