Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविपिन कार्कीको ‘सेल्फी किङ’ ब्रिजवेनमा पनि

विपिन कार्कीको ‘सेल्फी किङ’ ब्रिजवेनमा पनि


ब्रिजवेन
विपन कार्कीको बहुप्रतिक्षीत चलचित्र सेल्फी किङ ब्रिजवेनमा पनि प्रदर्शन हुने भएको छ ।

फेब्रवरी ७ मा प्रदर्शनमा आउन लागेको चलिचत्र ब्रिजवेनमा भने फेब्रवरी ९ मा देखाउने तय भएको हो ।
टुमबुल सिनेमामा साँझ ६ः३० बजे चलचित्र प्रदर्शन गरिने समय तय भएको हो । ब्रिजवेनमा सेल्फी किङ प्रदर्शन गर्ने जिम्मा त्रिपल एन अनलाईन स्टोरले पाएको छ ।
सिनेमा टिकट मुल्य २५ डलर राखिएको छ । समुहमा आउनेलाई भने २० डलरमा बिक्री गरिने स्टोरले जनाएको छ । पहिलो शोमा दर्शकको चाप हरेर गोलकोष्ट र टाेअम्बामा  पनि सिनेमा प्रर्दशन गरिने आयोजकको भनाई छ । फेब्रवरी ११ मा सनसाईनकाेष्टमा पनि सेल्फी किङ देखाउने तयारी छ । 
सेल्फी किङ कलाकारको रियल जिवन कस्तो हुन्छ भन्ने कथावस्तुमा आधारित छ । जनवरी ७ तारिखमा सार्वजनिक सिनेमाको ट्रेलर आठ लाखले हेरिसकेका छन् । विशाल सापकोटाद्वारा लिखित र निर्देशित चलचित्रमा विपिन कार्की र लक्ष्मी बर्देवाको मुख्य भूमिका छ ।


ट्याग : #चलिचत्र, #विपन कार्की, #सेल्फी किङ
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ