Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsटेनिस खेल्न नेपाल पुगेका अष्ट्रेलियाली खेलाडीकाे मृत्यु

टेनिस खेल्न नेपाल पुगेका अष्ट्रेलियाली खेलाडीकाे मृत्यु


काठमाडौं ।

टेनिस खेल्न नेपाल पुगेका एक अष्ट्रेलियन खेलाडीकाे मृत्यु भएको छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधवार खेल्ने क्रममा कोर्टमै ढलेका केन्ट यामाजाकीको मृत्यु भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । अचानक ढल्दा उनको टाउको भुँइमा ठोक्किएको थियो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

नेपालकी प्रेरणा कोइरालासंगै उनले बुधबार टेनिस कोर्टमा ट्रेनिङ गरिरहेका थिए । त्यही बेला उनी बेहोस भएर कोर्टमै ढलेका हुन् ।
बेहोस भएर ढलेका खेलाडीलाई अस्पताल लैजान एम्बुलेन्स कुर्दा ढिला भएको थियो ।
घटना बारे टेनिस संघले नेपालस्थित अष्ट्रेलियन दुतावासलाई जानकारी गराएको छ ।

इन्टरनेशनल टेनिस फेडेरेसन आईटीएफ जुनियर टेनिसका लागि १५ वर्षिय यामाजाकी नेपाल आएका थिए । उनी त्यसैको तयारीमा थिए । फेब्रुअरी ३ अर्थात आउने सोमबारदेखि नेपालमा आइटिएफ जेफ क्याटेगोरीको खेल हुँदैछ ।


ट्याग : #केन्ट यामाजाकी, #टेनिस
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ