Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsचीन हुदै आउनेलाई अष्ट्रेलिया प्रवेशमा राेक ।  नेपालीले के गर्ने ?

चीन हुदै आउनेलाई अष्ट्रेलिया प्रवेशमा राेक ।  नेपालीले के गर्ने ?


ब्रिजवेन / काेराेना भाईरसकाे प्रकाेप बढेसंगै अष्ट्रेलियाले आफ्नाे सिमा सुरक्षालाई थप कडा बनाएकाे छ । चीनबाट फैलिएकाे काेराेना भाईरसकाे प्रकाेप नियन्त्रण गर्न अष्ट्रेलियाले चीनकाे मेनल्याण्ड हुदै आउनेलाई आफ्नाे देशमा प्रवेश गर्न राेक लगाएकाे हाे । प्रधानमन्त्री स्कट माेरिसनले एक सम्बाेधन गर्दै शनिवारबाट यस्ताे प्रतिबन्ध लगाईएकाे घाेषणा गरेका हुन् । प्रतिबन्ध १४ दिनसम्म रहने पनि उनले जानकारी गराए । संसारभर काेराेना भाईरसबाट ग्रसित हुनेकाे संख्या १२ हजार नाघिसकेकाे छ । याे प्रतिबन्ध अष्ट्रेलियन नागरिक, पिआरवाला र उनीहरुकाे नजिककाे नातेदारकाे हकमा भने लागु हुनेछैन । तर उनीहरुले पनि अष्ट्रेलिया आएपछि १४ दिन भने घरमै बस्नुपर्नेछ ।

नेपाली विद्यार्थीले के गर्ने ?

याे नियमबाट अष्ट्रेलियामा पढिरहेका र घुम्न आउने अभिभावकहरु मर्कामा पर्ने देखिन्छन् । अहिले अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी पढिरहेका छन् । उनीहरु मध्ये केही नेपाल आउजाउ गर्ने तथा उनीहरुका अभिभावकहरु पनि अष्ट्रेलिया घुम्न आउने गर्दछन् । नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान नभएकाले अधिकांश नेपाली चीनलाई ट्रान्जिट पारेर आवतजावत गर्छन् । चिनियाँ विमान कम्पनीले तुलानात्मक रुपमा सस्ताेमा उडाउने भएकाले पनि अधिकांश नेपालीले चीनलाई नै ट्रान्जिट बनाउने गरेका छन् । अब चीनबाट आउदा प्रवेश नपाईने भएकाले चीनलाई ट्रान्जिट पारेर आउजाउ गर्न लागेका सयाै नेपाली मर्कामा पर्नेछन् । जनस्वास्थ्यलाई ध्यानमा राखेर अष्ट्रेलियन सरकारले लागू गरेकाे नियमलाई सबै नेपालीले पनि पालना गर्न क्यानवेरास्थित नेपाली दुतावासले आग्रह गरेकाे छ । ‘प्रवेश नै नपाईने भएपछि हाललाई चीनकाे बाटाे भएर यात्रा नगर्नुस् – राजदूत महेश दाहालले भने-‘हामी सबै सजग हुनुपर्छ’ । चीनकाे बाटाे भएर यात्रा गर्न टिकट काटिसकेकाहरुले बढी मुल्यमा अर्काे रुटकाे टिकट काट्दा बढी पैसा तिर्नुपर्ने समेत हुनसक्छ ।

काेराेना भाईरसका कारण उडान स्थगित र परिवर्तन भएमा विमान कम्पनीले पुरै पैसा समेत फिर्ता दिन थालेकाे छ । उता गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले भने पैसाभन्दा ठुलाे स्वास्थ्य भएकाले यतिबेला आफ्नाे स्वास्थ्यकाे ख्याल आफै राख्न सबैलाई सचेत गराएकाे छ । नेपाल ट्युबसंग कुरा गर्दै संघका अध्यक्ष केशव कंडेलले याे समयमा सकभर यात्रा नगर्न र गर्नै परेमा चीनकाे बाटाे भएर आउजाउ नगर्न अपिल गरेका छन् । यतिबेला हामीले अष्ट्रेलियन सरकारकाे सावधानीलाई पालना गर्नुपर्छ कंडेलले भने- काेही पनि चीनकाे ट्रान्जिट पारेर आउदै हुनुहुन्छ भने रुट परिवर्तन गर्नुहाेला । पैसा भन्दा ज्यान ठुलाे हाेईन । अष्ट्रेलियामा हालसम्म १२ जनामा काेराेनाभाईरसकाे संक्रमण देखिसकेकाे छ । अष्ट्रेलियाले चिनियाँ पर्यटकलाई प्रवेशमा राेक समेत लगाएकाे छ ।

 


ट्याग : #काेराेना भाईरस, #चीन
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ