Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsचीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा थप एक साता प्रतिबन्ध ।

चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा थप एक साता प्रतिबन्ध ।


ब्रिजवेन

कोरोना भाईरसको प्रकोप बढेसंगै अष्ट्रेलियाले चीनबाट हुने यात्रालाई थप एक साता प्रतिबन्ध लगाएको छ । विहिबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले चीनको हुपे राज्य बाहेक अन्यत्र पनि भाईरसको संक्रमण फैलिएकाले थप साता यात्रा प्रतिबन्ध गर्ने निर्णय गरेको हो । नयाँ प्रतिबन्ध फेव्रवरी २२ सम्म रहनेछ । यसअघि लगाईएको १४ दिने प्रतिबन्ध शनिवार फेव्रवरी १५ मा सकिदै थियो ।
प्रतिबन्ध अवधिमा चीनको मेनल्याण्ड हुदै आउनेले अष्ट्रेलियामा प्रवेश पाउने छैनन् ।
यो प्रतिबन्ध अष्ट्रेलियन नागरिक, पिआरवाला र उनीहरुको नजिकको नातेदारको हकमा भने लागु हुनेछैन । तर उनीहरुले पनि अष्ट्रेलिया आएपछि १४ दिन भने घरमै बस्नुपर्नेछ ।

अष्ट्रेलिया जस्तै अन्य करिब ५८ वटा देशले चीनबाट हुने यात्रालाई प्रतिबन्ध लगाएका छन्।

हालसम्म अस्ट्रेलियामा १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको तथा त्यसमध्ये ५ जनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
डायमण्ड प्रिन्सेस जहाजमा रहेका ४ जना अस्ट्रेलियन नागरिकसहित ४० जनामा कोरोना भाइरस देखिएपछि यात्रा प्रतिबन्धलाई निरन्तरता दिने आधार थप बलियो भएको हो ।
यो प्रतिबन्धले अष्ट्रेलियाको पर्यटन, शिक्षा र हवाई क्षेत्रमा नराम्रो असर पारेको छ ।
नयाँ वर्ष मनाउन गएका हजारौ चिनिया विद्यार्थी फर्कन पाएका छैनन् ।

नेपालीले के गर्ने ?

यो नियमबाट अष्ट्रेलियामा पढिरहेका र घुम्न आउने अभिभावकहरु मर्कामा पर्ने देखिन्छन् ।
अहिले अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी पढिरहेका छन् । उनीहरु मध्ये केही नेपाल आउजाउ गर्ने तथा उनीहरुका अभिभावकहरु पनि अष्ट्रेलिया घुम्न आउने गर्दछन् ।
नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान नभएकाले अधिकांश नेपाली चीनलाई ट्रान्जिट पारेर आवतजावत गर्छन् ।
चिनियाँ विमान कम्पनीले तुलानात्मक रुपमा सस्तोमा उडाउने भएकाले पनि अधिकांश नेपालीले चीनलाई नै ट्रान्जिट बनाउने गरेका छन् ।
अब चीनबाट आउदा प्रवेश नपाईने भएकाले चीनलाई ट्रान्जिट पारेर आउजाउ गर्न लागेका सयौ नेपाली मर्कामा पर्नेछन् ।
जनस्वास्थ्यलाई ध्यानमा राखेर अष्ट्रेलियन सरकारले लागू गरेको नियमलाई सबै नेपालीले पनि पालना गर्न क्यानवेरास्थित नेपाली दुतावासले आग्रह गरेको छ ।

चीनको बाटो भएर यात्रा गर्न टिकट काटिसकेकाहरुले बढी मुल्यमा अर्को रुटको टिकट काट्दा बढी पैसा तिर्नुपर्ने समेत हुनसक्छ । कोरोना भाईरसका कारण उडान स्थगित र परिवर्तन भएमा विमान कम्पनीले पुरै पैसा समेत फिर्ता दिन थालेको छ ।

उता गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले भने पैसाभन्दा ठुलो स्वास्थ्य भएकाले यतिबेला आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सबैलाई सचेत गराएको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै संघका अध्यक्ष केशव कंडेलले यो समयमा सकभर यात्रा नगर्न र गर्नै परेमा चीनको बाटो भएर आउजाउ नगर्न अपिल गरेका छन् ।

https://youtu.be/q3kEttkvKfw

 

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ