Thursday, 18 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिधाकुरा जनतासंगले गर्दा उठेन पैसा

सिधाकुरा जनतासंगले गर्दा उठेन पैसा


मेलवर्न
अष्ट्रेलियाको मेलवर्नमा झण्डै ७० जना नेपालीको ५ लाख डलर डु’बेको छ । मेलवर्नस्थित नेपालीको एक म’नि ट्रान्स’फरबाट पठाएको पैसा नेपालमा भुक्तानी नभएपछि उनीहरुको पैसा डु’बेको हो ।
मेलवर्नस्थित एभरेष्टभ्यु ट्राभल एजेन्सीको म’नि ट्रान्स’फरबाट पठाएको पैसा महिनौसम्म पनि नेपालमा भु’क्तानी नभएपछि पी’डितहरुले भिक्टोरियाको महावाणिज्यदूतको कार्यालय र गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा हा’रगु’हार गरेका थिए ।
भिक्टोरियाको महावाणिज्यदूत र एनआरएनएका प्रतिनिधीले मनि ट्रान्सफर संचालक र पी’डितहरुबिच विभिन्न चरणमा वार्ता गरि पैसा फिर्ता गराउने पहल समेत सुरु गरिसकेको थियो ।
पी’डितहरुले गो’प्य रुपमा छलफल गर्न भाइवर ग्रुप समेत बनाएका थिए । जसमा भिक्टोरियाका महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल र का’नुन व्यवसायी टोनु घोताने समेत थिए ।
सह’जिकरण बैठकमा मनिट्रान्सफरका संचालकले आफु व्यवसायमा घा’टा खाएकाले भुक्तानी दिन नसकेको भन्दै नेपाल र अष्ट्रेलियाको घर बेचेरै भएपनि पी’डितहरुको पैसा तिर्ने बाचा गरेको मध्यस्थकर्ता मध्येका एक एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिए ।
तर, नेपालबाट प्रशारण हुने न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासंग’ मा एकाएक अ’ति’रञ्जित हुने गरि समाचार बाहिर आएपछि अहिले रेमिट्यान्स संचालकले मुख फेरेका छन् ।
आफ्नो फोटो र एक जना पी’डितसंग टेलिफोनमा कुरा गरेको रेक’र्ड समेत प्रशारण भएपछि अहिले संचालक यसैपनि आफ्नो बेइ’ज्जत भएको भन्दै पैसा नतिरि टा’ट पल्टेको घोषणा गर्न तिर लागेका छन् । उनी अहिले आफुलाई टा’ट पल्टेको घोषणा गरेर का’नुनी र आर्थिक भा’रबाट मुक्त हुने तरखरमा रहेको जानकारहरु बताउछन् । अष्ट्रेलियामा टा’ट पल्टेको घोषणा गरेपछि  बैकले ऋ’णीको चलअचल सम्पत्ति बेचेर ऋ’ण भुक्तानी लिने गर्दछ । जानकारहरुका अनुसार रेमिट्यान्स संचालकको यसअघि नै बैंकको थुप्रै ऋ’ण भएकाले टा’ट पल्टिएपछि बैंकको ऋ’ण मात्रै तिरेर उनी उम्क’न सक्ने संभावना बढी छ ।
यहि ड’रका कारण महावाणिज्यदूतको कार्यलय र एनआरएनले संचालकको सम्पत्ति बेचेर पी’डितहरुलाई पैसा दिलाउन मध्यस्थता गरिरहेको मेलवर्नका एकजना अगुवाले बताए । तर, मध्यस्थता गरिरहेकाहरुलाई नै स्थानिय अवस्था र कानुनको जानकारी बिनै गै’रका’नुनी रेमिट्यान्समा संलग्न रहेको भन्दै ‘सिधा कुरा’मा समाचार प्रशारण भएपछि अहिले सबै जना ह’च्कि’एका छन् ।

‘सिधा कुरा’मा मध्यस्थता गरिरहेका महावाणिज्यदूत चन्द्र योञ्जन, गैरआवासिय नेपाली संघका पदाधिकारी र पी’डितहरुलाई का’नुनी सहायता गरिरहेका वकिल टोनु घोतानेसम्मलाई गै’रका’नुनी रेमिट्यान्समा संलग्न रहेको हुनसक्ने भन्दै आं’शका’ सहितको समाचार प्रशारण भएको थियो । जसका कारण अहिले यी निकायले पनि पी’डित र संचालकबिच मध्यस्थता गर्ने काम ब’न्द गरि कानुनी बाटोमा जान सुझाव दिएका छन् ।

सूचना दिनै डरा’उन थाले पी’डित

मध्यस्थता गर्ने कार्य बिचमै अस’फल भएपछि पी’डितहरु अहिले यता न उताका भएका छन् । उनीहरुसंग अब का’नुनी उपचारमा जानु बाहेक अर्को विकल्प छैन । तर, खर्चिलो र अष्ट्रेलियाका कानुन नबुझ्दा पी’डितहरु थप पी’डामा छन् ।
यसैबिच मेलवर्नका का’नुन व्यवसायी टोनु घोतानेले रेमिट्यान्स पी’डितलाई निशुल्क का’नुनी सहायता (सोलि’सिटर सेवा ) प्रदान गर्ने घोषणा गरेका छन् ।
तर, अहिलेसम्म ७० जनामध्ये ८ जना पी’डित मात्रै भेट्न आएका छन् । केहीले टेलिफोनमा सम्पर्क गरेको घोतानेले बताए । पी’डितहरुले आवश्यक सूचना नदिदा मु’द्दाको पहिलो चरण नै रो’किएको छ ।
‘सिधा कुरा जनतासंग’ ले पैसा पठाउनेहरुको नामावली नै सार्वजनिक गरिदिएपछि पी’डितहरु फ’सिन्छ की भनेर ड’राएका हुन् ।
अष्ट्रेलियामा का’नुनी रुपमा दर्ता भएर संचालन भएको रेमिट्यान्सबाट कारोवार गर्दा गैर’कानुनी हुदैन । तर, त्यहि पैसा नेपालमा हु’ण्डीको रुपमा भु’क्तानी गर्दा भने पैसा पठाउने, दिने र लिने सबै का’नुनी दायरामा आउछन् ।
पैसा पठाउनेहरु अधिकांश नेपाली नागरिक नै भएकाले हु’ण्डीमार्फत पैसा पठाउने भन्दै आफ्नो नाम सार्वजनिक भएकाले नेपालमा जादा प’क्राउ पर्ने हो कि भन्ने ड’र समेत पैदा भएको छ । त्यस्तै अष्ट्रेलियामै पनि गैर’का’नुनी रुपमा हुने पैसाको कारो’बारमा सरकारले निकै सुक्ष्म तरिकाले हेर्ने गर्छ ।

यता, पी’डितहरुले रेमिट्यान्सको खातामा नभई व्यक्तिको खातामा पैसा पठाएकाले पनि कानुनी रुपमा केही ज’टिलता आएको वकिल घोतानेले बताए ।
पैसा उठ्ने वातावरण बि’ग्रदै गएको र का’नुनी बाटोमा जान पनि डर भएकाले पी’डितहरु ‘सिधाकुरा जनतासंग’ को आ’लोच’ना गरिरहेका छन् ।
का’नुन व्यवसायी टोनु घोतानेले यथासक्य सम्पर्क गरि आवश्यक सुचना उपलब्ध गराएमा का’नुनी उप’चारका लागि सहयोग गर्न आफु तयार रहेको बताए ।

यसअघि पनि मध्यस्थतामा पै’सा फि’र्ता

मेलर्वनमा रेमिट्यान्सको गै’रजिम्वे’वारीपनाबाट पैसा डु’बेको यो पहिलो घटना होइन । केही महिनाअघि भएको यस्तै प्रकृतिको घ’टनामा महावाणिज्य दुतावास, एनआरएनए र स्थानिय अगुवाहरुको रोह’वरमा संचालकले नेपाल र यहाको घर बेचेर पै’सा तिर्ने सहमति गरेका थिए । अहिले ती संचालकले क्रमैसंग पैसा तिरिरहेको छ । 

अष्ट्रेलियामा रेमि’ट्यान्स वै’ध

नेपाली मिडियाले अष्ट्रेलियाका सबै मनि ट्रान्स’फरलाई हु’ण्डी कारोवा’री देख्नु सु’चनाको कमि भन्दा केही फरक नपर्ला ।
अष्ट्रेलियमा ‘अष्ट्रेलियन ट्रान्ज्या’क्सन रिपोर्ट एण्ड एना’लाइसिस सेन्टर’ अर्थात अष्ट्रयाकमा दर्ता गरेर मनि ट्रान्सफर संचालन गर्न सकिन्छ । अष्ट्रेलियाबाट पै’सा पठाउनेले यस्ता मनि ट्रान्सफरको बैंक खातामा नै सिधै पैसा पठाउने गर्छन् ।

बैंक खातामै पै’सा आउने भएकाले सरकारले सजिलै यो पैसाको निगरानी गरिरहेको हुन्छ । त्यसमाथी हरेक मनि ट्रान्सफरले पै’सा पठाउने हरेक हरेक व्यक्तिको विवरण र रकम अष्ट्रयाकको वेवसाइटमा अपलोड गर्ने गर्छन् । अष्ट्रेलियामा सबै मापदण्ड पालना गरेकाले यहाको सरकारले मनि’ट्रान्स’फरहरुलाई नि’र्वाध चल्न दिएको छ । जसका कारण यहाका नेपाली मिडियाले पनि मनि ट्रान्सफरलाई हु\’डी भनेर आ’क्षेप लगाउन सक्ने आधार छैन ।
तर, नेपालमा ती व्यवसायीले कसरी भु’क्तानी गर्छन् भन्ने चाहि नेपाल सरकारको खो’जीको विषय हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ