Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsचु’क्कु प्रहा’रबाट घा’ईते विद्यार्थीले साथ पाइनन्

चु’क्कु प्रहा’रबाट घा’ईते विद्यार्थीले साथ पाइनन्


ब्रिजवेन
गत शनिवार ब्रिजवेनमा च’क्कु प्रहा’रबाट घा’ईते भएकी नेपाली विद्यार्थी यतिबेला शारिरीक र मा’नसिक बाहेक आर्थिक पि’डामा समेत परेकी छिन् । घ’टना भएदेखि नै उनी आफ्नो डेरामा बस्न नसकी, भ्यालीस्थित साथीको घरमा आ’श्रय लिईरहेकी छिन् । डेराको भाडा तिर्न र औषधि उप’चार गर्न समेत उनीसंग पैसा छैन ।

नेपाल ट्युबसंग कुरा गर्दै ती विद्यार्थीले भनिन-‘गत हप्ता काम गरेको ३ सय ५० डलर पैसा आउन बाँकी छ । मसंग भएको पैसा भनेको त्यत्ति हो । त्यो पैसाले आउने हप्ताको भाडा तिरेपछि कसरी खर्च धान्ने भन्ने चि’न्ता लाग्न थालेको छ ।’

अहिले साथीको डेरामा बसेपनि सधै बस्न अप्ठ्यारो हुने बताउछिन् । यी विद्यार्थीले चमसाइडस्थित क्याजुवल होम केयररको काम गर्थिन् । हप्ताको एक दुई दिन मात्र काम गर्ने यीनी चो’ट लागेपछि काममा जाने अवस्था छैन । आमाले चि’न्ता गर्ने भएकाले यी युवतीले आफुमाथी आ’क्रमण भएको कुरा घरमा समेत भनेकी छैनन् । घटना बारे कुईन्सल्याण्ड प्र’हरीले अनु’सन्धान थालेको छ । अप’राधी प’क्राउ नपरेकाले यी विद्यार्थी पहिलेको डेरामा फर्कन सकेकी छैनन् । घट’ना भए लगतै गैर आवासिय नेपाली संघ कुईन्सल्याण्डका पदाधिकारीले चासो देखाएका भएपनि, अहिलेसम्म कोही पनि ती युवतीलाई हौसला दिन पुगेका छैनन् । ‘हामीले ती विद्यार्थीसंग फोनमा कुरा गरिहेका छौ’- एनआरएन कुइन्सल्याण्डका संयोजक उमेश खड्काले भने -‘हामी कल्याणकारी कोषबाट सक्दो सहयोग गर्छौं ।’ 
ती युवतीले एनआरएनएका पदाधिकारीसंग भेट गर्न आना’कानी गरेपछि भेट्न नगएको खड्काको भनाई थियो ।
एनआरएनए संग यस्तै विप’दका बेला सहयोग गर्न छुट्टै कल्याणकारी कोषको व्यवस्था छ ।

उता क्यानवेरास्थित नेपाली दुतावास पनि यस बारे मौ’न छ । हुन त आफ्ना नागरिकलाई दु’ख पर्दा कन्सो’लेट सेवा प्रदान गर्नु दुतावासको महत्वपुर्ण काम हो । तर, आफ्ना नागरिकलाई जघ’न्य आ’क्रम’ण हुदा समेत दुतावासले सामान्य सोधपुछ समेत गरेको छैन ।
त्यसो त राजदुत महेश दाहालले महावाणिज्यदुतमार्फत तत्कालै पी’डित युवतीलाई सहा’यता प्रदान गर्ने बताए ।
‘घटना बारे मैले पनि समाचार पढेको छु’- राजदुत दाहालले भने -‘अब यसबारे थप जानकारी लिएर कुइन्सल्याण्डको महा’वाणिज्यदुत मार्फत आवश्यक सहायता उपलब्ध गराउन निर्देशन दिनेछु ।’ 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ