Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीको समुन्द्रमा नेपाली युवक मृ’त भेटिए

सिड्नीको समुन्द्रमा नेपाली युवक मृ’त भेटिए


सिड्नी
सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृ’त भेटिएका छन् ।
३२ वर्षिय युवककाे श’व सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फे’ला परेकाे हाे ।
श्रीमान् आईतबारदेखि सम्पर्क’विहिन भएपछि श्रीमतिले प्र’हरीमा उ’जुरी गरेकी थिईन् ।
प्र’हरीले मवाईल लोकसनको आधारमा ती युवकको श’व पत्ता लगाएको हो ।
उनी सन् २००७ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका थिए । उनी
सिड्नीको वरउडमा बस्थे । पिआरका लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्का लागि तास्मानिया पढाएका थिए । उनी पनि तास्मानिया जाने तरखरमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।
उनले गत हप्तामात्र ‘म रिजनल जादैछु’ भनेर फेसबुकमा लेखेका थिए ।
यो घटनालाई प्रहरीले शंका’स्पद रुपमा नहेरेको एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिए । यसको मतलव ती युवकले आ’त्मह’त्या गरेको हुनसक्ने बुझिन्छ ।
सुनार थरका ती युवक सिड्नीको ग्रानभिल फ्रेण्डस फुटवल क्लब र जेन्टजर्ज फुटवल क्लबबाट फुटवल खेल्थे ।
युवकको दा’ह संस्कारका लागि एनआरएनले सहायता उपलब्ध गराउने प्रवक्ता गुरुङले बताए ।
त्यस्तै उनले खेलेका दुई फुटवल क्लबले पनि सहयोग संकलन गर्ने बताइएको छ ।

सिड्नीमा फोटोग्राफी समेत गर्ने सुनार थरकी ती युवक असाध्धै मिलनसार र सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने मध्येका एक रामजी बस्नेतले बताए । यो ख’बर आफुले पत्याउनै नसकेको बस्नेतले बताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ