Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsचीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा लगाईएको प्रतिब’न्ध लम्बियो

चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा लगाईएको प्रतिब’न्ध लम्बियो


ब्रिजवेन

कोरोना भाईरसको प्रकोप बढेसंगै अष्ट्रेलियाले चीनबाट हुने यात्रालाई थप एक साता प्रति’बन्ध लगाएको छ । विहिबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले चीनको हुपे राज्य बाहेक अन्यत्र पनि भाईरसको संक्र’मण फैलिएकाले दोस्रो पटक प्रतिब’न्धको समयावधी थप गरेको हो । नयाँ प्र’तिबन्ध फेव्रवरी २९ सम्म रहनेछ । यसअघि पहिलो पटक फेब्रवरी २ तारिखबाट १४ दिने प्रति’बन्ध लगाईएको थियो ।
प्रति’बन्ध अवधिमा चीनको मेनल्याण्ड हुदै आउनेले अष्ट्रेलियामा प्रवेश पाउने छैनन् ।
यो प्र’तिबन्ध अष्ट्रेलियन नागरिक, पिआरवाला र उनीहरुको नजिकको नातेदारको हकमा भने लागु हुनेछैन । तर उनीहरुले पनि अष्ट्रेलिया आएपछि १४ दिन भने घरमै बस्नुपर्नेछ ।

अष्ट्रेलिया जस्तै अन्य करिब ५८ वटा देशले चीनबाट हुने यात्रालाई प्रति’बन्ध लगाएका छन्।

हालसम्म अस्ट्रेलियामा १५ जनामा कोरोनाभाइरसको सं’क्रमण देखिएको छ।
चीनमा २ हजार बढीले यहि भाईरसका कारण ज्यान गु’माएका छन् । विश्वभरमा ७५ हजारमा यो भाईरसको संक्र’मण देखापरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ