Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोना भाईरस अपडेट: हात नमिलाउनुस् अनि किस नगर्नुस- न्यु साउथ वेल्स सरकार

कोरोना भाईरस अपडेट: हात नमिलाउनुस् अनि किस नगर्नुस- न्यु साउथ वेल्स सरकार


सिड्नी
अष्ट्रेलियामा पहिलो पटक मान्छेबाट मान्छेमा कोरोना भाईरस सरेपछि स्थानिय सरकारले नागरिकको केही आनीबानी परिवर्तन गर्न अनुरोध गरेको छ ।
न्यु साउथ वेल्स सरकारले आफ्ना नागरिकलाई एकआपसमा हात नमिलाउन र किस नगर्न अनुरोध गरेको हो ।
न्यु साउथ वेल्सका स्वास्थ्यमन्त्री ब्राड हाजार्ड भने-‘साथीभाई भेटहुदा यो सामान्य प्रकृया हो, स्वत भईहाल्छ तर, भाईरसबाट बच्न यसो नगर्नुस्’ । 
हात मिलाउने र गालामा किस गर्नुको सट्टा ढाडमा ढाप मार्न सकिने उनको भनाई थियो । तर, सकभर भाईरसको संक्रमण हुन सक्ने अवस्था रहेको खण्डमा त्यस्ता मानिसबाट टाढै बस्न पनि उनले अनुरोध गरेका छन् ।
सिड्नीमा ५३ वर्षिय डाक्टरलाई स्थानिय रुपमै कोराना भाईरसको संक्रमण भएको भेटिएको हो । सो डाक्टरको बहिनी केही दिन अघि मात्रै भाईरस संक्रमण क्षेत्र ईरानबाट फर्किएकी थिईन् । यी दुबैमा भाईरस संक्रमण देखिएको छ ।

अष्ट्रेलियामा हालसम्म ३३ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । १५ जनाको उपचार भईसकेको छ । त्यस्तै पर्थमा एक जनाको कोरोना भाईरसकै कारण ज्यान गएको छ।
विश्वका ६७ देशमा कोरोना भाईरसको संक्रमण देखिएको छ भने ३ हजार जनाको ज्यान गईसकेको छ ।

Photo credit to Daily Mail



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ