Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नेपाली पत्रकार संगठित । पहिलो टिममा को को चुनिए ?

अष्ट्रेलियामा नेपाली पत्रकार संगठित । पहिलो टिममा को को चुनिए ?


एडिलेड
अष्ट्रेलियामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरु एकजुट भएका छन् । अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन (एन्जा )गत नोभेम्बर ४, २०१९ मा गठन भएको हो ।
एडिलेडमा शनिवार सम्पन्न भएको एन्जाको पहिलो साधारण सभाले सर्वसम्मतले हेमन्त काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्य समितिका अन्य पदाधिकारीहरु मा सह(अध्यक्ष ऋषि अचार्य,  दुइ उपाध्यक्ष निरु त्रिपाठी र सिता रसाइली, महासचिबमा चिरन्जिबी देबकोटा, सचिबमा सरल गुरुङ, कोषाध्यक्षमा कृष्ण तिवारी र सदस्यहरुमा कमल सिलवाल, छत्र शंकर, प्रकाश हुमागाई, खगेन्द्र सत्याल, मिलन दाहाल र सरिता ढकाल चयन भएका छन् ।
कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । त्यस्तै अध्यक्षले एक वर्षपछि अध्यक्षले सह अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गर्ने पनि सहमति भएको छ ।
अष्ट्रेलियामा हुर्कदै गरेको नेपाली पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन संस्थागत प्रयास आवश्यक रहेको एन्जाका नवनियुक्त अध्यक्ष हेमन्त काफ्लेले बताए ।
‘अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनदिनै बढिरहेसंगै दुर्घटना र सामाजिक समस्या पनि थपिदैछन्’ -काफ्लेले भने -‘समुदायलाई हरदम सुसुचित गरि सहि दिशामा अघि बढाउन पत्रकारहरु पनि एकजुट हुनु परेको हो ।’

डाक्टर भरतराज पाैडेलकाे अध्यक्षतामा एन्जाकाे विधान संशाेधन समिति गठन भएकाे थियाे ।  समितिमा मनऋषी धिताल र राजु  मानन्धर सदस्य थिए । त्यस्तै निर्वाचन आयुक्तकाे जिम्वेवारी गाेकुल घिमिरेले निभाएका थिए । समितिले ८ बुँदे घाेषणापत्र समेत जारी गरेकाे छ । जसमा अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारलाई मर्यादित बनाउन आचारसंहिता निर्माण गर्ने लगायत विषय छन् ।  त्यस्तै एन्जाले पत्रकारहरुका लागि आचारसंहिता लागू गर्ने, नियमन गर्ने, गुनासा सुन्ने र पत्रकारलाई तालिमको व्यवस्था समेत गर्ने छ ।

एन्जाकाे साधारण सभामा सहभागीहरु

एन्जाको महाधिवेशनमा राजदूत महेश दाहाल, भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जन र साउथ अष्ट्रेलियाका महावाणिज्यदूत दिपक धमला सहभागी थिए । त्यस्तै साउथ अष्ट्रेलियाका सांसद तथा प्रिमियरकी सहायक मन्त्री चिङ लि पनि सहभागी थिए । त्यस्तै एनआरएन आईसिसि उपाध्यक्ष र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल समेत सहभागी थिए । 

सबै महिला कार्यसमितिमा

एन्जाका सबै महिला सदस्य कार्यसमितिमा चयन भएका छन् ।
अष्ट्रेलियामा सक्रिय पत्रकारिता गरिरहेका तीन जना महिला एन्जाका सदस्य बनेका थिए । उनीहरुमध्ये दुई जना उपाध्यक्ष र एक कार्यसमिति सदस्यमा चुनिएका हुन् ।
महिला सहभागिता र समानताका विषयलाई एन्जाले मनन गर्दै सबै महिलालाई कार्यसमितिमा ल्याएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ