Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनारी निकुञ्जकाे १० वर्ष : तीन सय महिलाकाे पाठेघरकाे उपचार

नारी निकुञ्जकाे १० वर्ष : तीन सय महिलाकाे पाठेघरकाे उपचार


सिड्नी 
नारी निकुञ्ज अष्ट्रेलियाले १० औं वार्षिकोत्सव मनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निकुञ्जले सिड्नीमा विशेष कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा नारी निकुन्जले १० वर्षको यात्रा कसरी पूरा गर्यो भन्ने वृत्तचित्रमा देखाइएको थियो । पत्रकार सरल गुरुङले बनाएको वृत्तचित्रमा स्थापनाकालदेखि नारी निकुञ्जले नेपालका महिलाको स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे देखाईएको छ ।

नारी निकुञ्ज अष्ट्रेलियाले हालसम्म ३ सय भन्दा बढी नेपाली महिलाको पाठेघर खस्ने रोगको उपचार गरिसकेको छ । त्यस्तै चेलिबेटी बेचबिखनमा परेका नारीको पुर्नउत्थान तथा महिला स्वरोजगारका लागि पनि नारी निकुञ्ज अष्ट्रेलियाले काम गर्दै आएको छ ।
त्यस्तै पछिल्लो भूकम्पले भत्काएका विद्यालय र वस्ती निर्माणमा समेत नारी निकुञ्ज अगाडी छ । तिज र च्यारिटी डिनरबाट उठेको पैसाले निकुञ्जले नेपाल र अष्ट्रेलियाका महिलाको उत्थानमा काम गर्दै आएको हो ।
निकुञ्जले ६०प्रतिशत नेपालमा र ४० प्रतिशत अष्ट्रेलियाका नेपाली महिलाका लागि काम गर्दै आएको छ । अष्ट्रेलियामा घरेलु हिंसा, मानसिक तनाव र महिला स्वास्थ्यका क्षेत्रमा निकुञ्जले काम गर्दै आएको हो ।

नारी निकुञ्ज अष्ट्रेलियाकाे सिड्नीमा भएकाे कार्यक्रममा सहभागीहरु । तस्बिर- तक्दिर अधिकारी

सिड्नीका समाजसेवी तथा व्यवसायी रन्जु वाग्ले थापाको पहलमा सन् २००९ मा काठमाडौमा आयोजना भएको एनआरएनएको चौथो विश्व सम्मेलनले नारी निकुञ्ज स्थापना गर्न सैद्धान्तिक सहमति गरेको हो । त्यसैको आधारमा सन् २०१० मे १ तारिखमा पहिलो पटक नारी निकुञ्ज अष्ट्रेलियामा गठन भएको हो । यसअघि रसियामा मात्र नारी निकुञ्ज थियो ।
कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख दुरपदा सापकोटाले महिला शसक्तिकरणको क्षेत्रमा निकुञ्जले खेलेको भूमिकाको प्रशंसा गरकी थिईन् । त्यस्तै एनआरएनए अष्ट्रेलियाका महासचिव डा। ज्ञानेन्द्र रेग्मीले अस्ट्रेलियामा घरेलु हिंसाका कारण प्रत्येक ९ दिनमा एक महिलाको हत्या हुने गरेको दावी गरे । त्यसैले घरेलु हिसाको घटना नेपालमा पनि धेरै रहेकाले निकुञ्जले महिला सचेतनाका कार्यक्रम नेपालमा लैजाओस भन्दै महासचिव डा रेग्मीले शुभकामना दिए ।

https://youtu.be/l9Zu-cfpDwg

 

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ