Techie IT
Tuesday January 19, 2021  |   मङ्लबार, माघ ६, २०७७
गृहपृष्ठ » News » नेपालबाट अष्ट्रेलिया आएका युवकमा कोरोना संक्रमण । जवरजस्ती काममा जादा समस्या बल्झियो ।

नेपालबाट अष्ट्रेलिया आएका युवकमा कोरोना संक्रमण । जवरजस्ती काममा जादा समस्या बल्झियो ।


384 Views

होवार्ट

नेपालबाट हालै अष्ट्रेलियाको तास्मानिया आएका एक युवकमा कोरोना भाईरसको संक्रमण देखिएको छ । ती युवकको परिचय गोप्य राखिएको छ ।
२० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।
यससंगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

अटेर गरि काममा जादा समस्या बल्झियो

ति युवक नेपालबाट आउने बित्तिकै रुघा र ज्वरोको लक्षण देखिएको थियो । यात्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए ।
तर, केही दिनपछि रुघा र ज्वरो बढ्दै गएपछि उनी परिक्षणका लागि अस्पताल पुगेका थिए । चिकित्सकले उनलाई परिक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेर गरि काम र कलेज जाने क्रम जारी राखेका थिए ।
शनिवार कारोना संक्रमण पुष्टी भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान सुरु गरेको एबिसीले जनाएको छ। उनीसंगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ । यो घटनासंगै विदेशबाट आउनेलाई परिक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ ।

 

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-