Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसमुन्द्रमा डुबेर ज्यान गुमाएका नेपालीको शव पठाउन सहयोग संकलन

समुन्द्रमा डुबेर ज्यान गुमाएका नेपालीको शव पठाउन सहयोग संकलन


ब्रिजवेन
गत मार्च ४ तारिखमा कुईन्सल्याण्डको नर्थ स्ट्राडब्रोक आईल्याण्डको समुन्द्री तटमा डुबेर ज्यान गुमाएका नेपाली युवकको शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ ।
गैर आवासिय नेपाली संघ कुईन्सल्याण्डले सहयोग संकलन सुरु गरेको हो ।
फेसबुक मार्फत सार्वजनिक अपिल गर्दै एनआरएनए कुईन्सल्याण्डले पोष्टमार्टम लगायत सबै प्रकृया पुरा गरि शव पठाउनका लागि परिवारसंग समेत स्विकृती लिईसकेको जनाएको छ । एनआरएन कुईन्सल्याण्डले फेसबुकमा लेखेको छ ।
‘सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीमा नमस्कार । यही मार्च ०४ बुधबारको दिन पोखरा निबासी हाल अष्ट्रेलियाको ब्रिजवेनमा अध्यनरत बर्ष २० को निकित श्रेष्ठ को नर्थ स्टार्ट बुरुक आईल्याण्डमा पौडी खेल्ने क्रममा निधन भएको थियो । पोष्टमार्टम प्रकिया सबै सकिएपछि अब शवलाई काठमाण्डौ लैजानको लागि आर्थिक सहयोग लगभग अष्ट्रेलियन १० हजार डलर आबश्यक परेको हुनाले सहयोगको लागि हार्दीक अपिल गर्दछौ। एन आर एन ए अष्ट्रेलिया कुईन्सल्याण्डको खातामा सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौ।’
यो दुखको घडीमा सबै नेपाली एकजुट भएर सहयोग गरिदिन एनआरएनए कुईन्सल्याण्डका संयोजक उमेश खड्काले अनुरोध गरेका छन् ।

समुन्द्रमा डुबेर बाचेका युवकको बयान

कुइन्सल्याण्डको नर्थ स्ट्राडब्रोक आइल्याण्डको समुन्द्रमा डुबेका चार जना नेपाली विद्यार्थी मध्ये एक जनाको ज्यान गएको छ । आइल्याण्डको डेडम्यानविच समुन्द्र तटमा पौडी खेलिरहेका चारै जनालाई अचानक आएको छाल (रिप करेन्ट) ले बगाएको थियो । रिप करेन्ट अचानक दुइ तिरबाट आउने समुन्द्री छाल हो । जसले छेउतिरबाट भदौरे भेल जसरी बगाएर समुन्द्रतिर लैजान्छ ।
गर्मी छल्न कम्मरसम्म आएको पानीमा रमाइरहेका युवाहरुलाई छालले जोडसंग हुत्याएर बगाएको थियो । बालुवा र पानीको भेलमा बगेका भक्तपुरका सयुन कायस्थले आफ्नो ज्यानको बाजी थापेर दुइ जनालाई उद्दार गरेका थिए । एक युवती र युवकलाई उद्दार गरेपनि उनले आफुसंगै बस्ने भाईलाई भने बचाउन सकेनन् । रिप करेन्ट नचिन्दा यो दुर्घ’टना भएको सयुनले बताए । तत्कालै उनले त्रिपल जेरोमा फोन गरेर प्र’हरी र उद्दारकर्मीलाई बोलाएका थिए । ५ मिनेटमै आइपुगेका उद्दार टोलीले २१ वर्षीय निकित श्रेष्ठको श’व २ सय मिटर पर समुन्द्रबाट निकालेको थियो । प्र’हरीले दुइ घण्टासम्म सिपीआर र एइडी सक दिदा समेत बचाउन नसकिएको सयुनले बताए ।

सहयोगका लागि एनआरएनए कुईन्सल्याण्डको खाता यसप्रकार छ ।

Account Name-NRNA QLD

BSB-032006

Account-561817

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ