
व्रिजवेन
अष्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ । बिहान उठ्ने बित्तिकै हल्ला ज्वरो र घाटी दुखेपछि गृहमन्त्री डट्टनले कुइसल्याण्डको स्वास्थ्य विभागमा खबर गरेका थिए ।
डट्टनले आफुलाई कोरोना संक्रमण भएको विज्ञप्तीमार्फत जानकारी गराएका हुन् । शुक्रबार संक्रमण पुष्टी भएलगतै नियमानुसार डट्टन अस्पताल भर्ना भएका छन् । उनले आफ्नो अवस्था स्थिर रहेको र यसबारे जानकारी गराउदै जाने बताएका छन् । गृहमन्त्री मंगलबार मन्त्रीपरिषद बैठकका लागि सिड्नी भएर त्यहि दिन व्रिजवेन फर्किएका थिए । डट्टनसंगै कुईन्सल्याण्डमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
बिहिबार गोलकोष्टमा हलिवुड नायक टम ह्यांक्स र उनकी श्रीमती रिता विल्सनलाई पनि कोरोना संक्रमणको पुष्टी भएको थियो ।
photo- peter dutton facebook