Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsजेमिना बनिन् मिस नेपाल ओसियाना । सिधै मिस नेपालमा सहभागी हुने

जेमिना बनिन् मिस नेपाल ओसियाना । सिधै मिस नेपालमा सहभागी हुने


सिड्नी-मिस नेपाल ओसियाना २०१९ को टाइटल जेमिना श्रेष्ठले जितेकी छिन् । सिड्नीमा शनिवार साझ भएको फाइनल प्रतिष्प्रधामा अन्य तीन युवतीलाई पछि पार्दै जमिनाले ताज पहिरिएकी हुन् ।
फाइलन राउण्डमा जजले साधेको ‘युवाहरुमा अहिले देखिएको एउटा समस्या के हो र यसलाई तपाईले कसरी समाधान गर्नुहुन्छ’ भन्ने प्रश्नको खरो उत्तर दिएर जेमिनाले विजय यात्रा सुनिश्चित गरेकी थिइन् । उनले उत्तरमा भनेकी थिईन् –‘अहिलेको युवापुस्तामा डिप्रेसन जस्ता मानसिक स्वास्थ्यको समस्या विकराल छ । यसलाई सुधार गर्ने हो भने यसप्रति मानिसको धारणा परिवर्तन गर्नुपर्छ ।’  विजेता जेमिनालाई सन् २०१९ को मिस नेपाल ओसियाना तथा मिस नेपाल अनुष्का श्रेष्ठले ताज लगाइदिएकी थिइन् ।
२३ वर्षकी जेमिना अष्ट्रेलियामा सेल्स सुपरभाईजरको रुपमा काम गर्छिन् । उनले सन् २०२० को मिस नेपाल प्रतियोगितामा टप २० मा सिधै प्रवेश पाउने भएकी छिन् । गत वर्ष मिस नेपाल ओसियानाका विजेताले सिधै टप २० मा प्रवेश पाएपछि मिस नेपाल नै बन्न सफल भएकी थिइन् ।
मिस नेपाल ओसियानाको फष्ट रनरअप अंसिका शर्मा बनिन् भने सेकेण्ड रनरअपको टाज रेश्मी गुरुङले उचालिन् । २३ वर्षकी शर्मा अष्ट्रेलियामा सेल्स एनालिष्ट हुन् भने २२ वर्षकी गुरुङ इन्रोल नर्स । शर्माले पब्लिक च्वाइस र गुरुङले मिस क्याटवाकको टाइटल समेत जितेकी छिन् ।

मिस नेपाल ओसियानाको उप र सह विजेता

बुद्ध र सगरमाथाको सन्देश विश्वसामु पु¥याउछु

त्यस्तै मिस्टर नेपाल ओसियानाको उपाधी राजेन्द्र रावलले जितेका छन् । यो जितसंगै राजेन्द्रले नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्डमा सहभागी जनाउन पाउने भएका छन् । ‘आज विजेता भएमा म्यान अफ द वल्र्डमा के सन्देश लिएर जानुहुन्छ’ भन्ने जजको प्रश्नको उत्तरले उनलाई विजेता बनाएको हो । उनले भनेका थिए- ‘नेपाल सामाजिक, धार्मिक र संस्कृतिले विविधता भएको देश हो । सगरमाथा, बुद्ध र बहादुर गोरखालीको देश हो । आज विजेता भएमा म विश्वलाई नेपाल बुद्ध र सगरमाथाको देश भनेर चिनाउनेछु ।’ 
नेपाली भाषामै उत्तर दिएका राजेन्द्रले भनेका भनाईलाई अंग्रेजीमा समेत उल्था गरिएको थियो । मिस्टर नेपाल ओसियानाको फष्ट रनरअप बने रजिन प्रधान त्यस्तै सेकेण्ड रनरअपको उपाधी हात परे आयुष शाहीले ।

मिस्टर नेपाल ओसियानाका विजेता राजेन्द्र रावल

मिसेस नेपाल ओसियाना सितालाई

विवहापछि पनि आफ्नो प्रतिभा देखाउन सकिन्छ भन्ने उदाहरण हो मिसेस नेपाल ओसियाना । विवाहित महिलाहरुको यो सुन्दरी प्रतियोगितामा आफुलाई खरो रुपमा उतारेर सिता साम्बा विजेता बनिन् । ‘अष्ट्रेलियाको युवा जमातमा देखिएको समस्या के हो र यसलाई कसरी समाधान गर्नुपर्छ’ भन्ने फाइनल राउण्डको प्रश्नले सितालाई विजेता बनाएको हो । सिताले भनिन् –‘काम र पढाईको तनावले अष्ट्रेलियाका मानिसहरुमा मानसिक तनाव र डिप्रेसनको सिकार बनिरहेका छन् । मानसिक रोगले सबै वर्ग र उमेर समुहका मानिसलाई असर गर्न सक्छ । यसलाई रोकथाम गर्न काउन्सेलिङ र जनचेतनाको खाचो पर्छ ।’ 
त्यस्तै मिसेस ओसियानाको फष्ट रनरअप बनिन् अर्चाना क्षेत्री बनिन् भने सेकण्ड रनरअपको उपाधी हात पारिन् श्रृषा गैरेले ।

मिसेस नेपाल ओसियानाकी विजेता सिता सम्बा

अष्ट्रेलिया र न्युजिल्याण्डमा हुर्कदै गरेको नेपाली समुदायलाई जोड्नका लागि युनाइटेड नेपलिज आर्ट एण्ड इन्टरटेन्टमेन्ट (युएनए) ले सन् २०१० देखि नै सुन्दरी प्रतियोगिता गर्दै आएको छ । युएनएले नेपाली कला र संस्कृतिलाई विदेशमा समेत निरन्तरता दिन महत्वपुर्ण भूमिका खेल्दै आएको छ ।

Photos- NishalPhotography



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ