Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकाेराेना कहर : अष्ट्रेलिया आंशिक लक डाउन । विद्यार्थी नर्सलाई खुसीकाे खबर

काेराेना कहर : अष्ट्रेलिया आंशिक लक डाउन । विद्यार्थी नर्सलाई खुसीकाे खबर


ब्रिजवेन
अष्ट्रेलियाले कोरोना भाइरसको संक्र’मण फैलन नदिन आंशिक ‘लक डाउन’ लागु गरेको छ ।
बुधबार विहान प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाका नागरिकलाई विदेश जान प्र’तिबन्ध लगाएको घोषणा गरेका हुन् । यो चाैथाे तहको प्रति’बन्ध हो । विदेशनै यात्रा गर्न नपाउने गरि अष्ट्रेलियाले अहिलेसम्म प्रतिबन्ध लगाएको थिएन । त्यस्तै बन्द स्थानमा एक सय जनाभन्दा बढी जम्मा हुन पनि प्रतिबन्ध लगाईएको छ । अष्ट्रेलियन सरकारले अहिलेको अवस्थालाई ‘मानव जैविक सुरक्षा आपतकालिन’ अवस्थाको रुपमा व्याख्या गरेको छ । नयाँ नियम लागु गर्न राज्यहरु कडा रुपमा प्रस्तुत हुने प्रधानमन्त्री मोरिसनले बताएका छन् । यसअघि मंगलबार अष्ट्रेलियाले विदेशमा रहेका नागरिकलाई तत्काल घर फर्कन अनुरोध गरेको छ । 

त्यस्तै २० हजार विद्यार्थी नर्सको काम गर्ने प्रतिबन्ध हटाईएको छ । उनीहरुले आपतको समयमा अस्पतालहरुमा काम गर्न सक्नेछन् । अष्ट्रेलियामा ३ सय ७५ जनामा कोरोना भाईरस संक्रमण भएको छ । २७ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ