ब्रिजवेन-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि अष्ट्रेलियाले विदेशी नागरिकलाई आफ्नो भूमिमा प्रवेश नदिने भएको छ । यो नयाँ आउदो शुक्रवार राति ९ बजेबाट लागु हुदैछ । यसअघि चीन, ईरान, ईटाली र साउथ कोरियाबाट आउनेलाई मात्र प्रवेश रोक लगाईएको थियो । विदेशीले प्रवेश नपाएपनि अष्ट्रेलियन नागरिक र पिआरवालाले भने प्रवेश पाउनेछन् । तर, उनीहरुले आफुलाई १४ दिनसम्म सेल्फ आईसोलेसनमा राख्नुपर्नेछ । अष्ट्रेलियामा भेटिएको ८० प्रतिशत संक्रमणको घटना विदेशमा वा विदेश गएर आएकाहरुको सम्पर्कमार्फत सरेको भेटिएको छ । हालसम्म अष्ट्रेलियामा ५ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४६ जनाको निको भएका छन् ।