Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नेपाली युवाको कुटाकुट । गयो एकको ज्यान

अष्ट्रेलियामा नेपाली युवाको कुटाकुट । गयो एकको ज्यान


सिड्नी/अष्ट्रेलियाको सिड्नीमा नेपाली मदिराको तालमा नेपाली युवाबिच कुटाकुट हुदा एक जनाको ज्यान गएको छ । मृत्यु हुने २३ वर्षका युवक हुन् ।
गत मार्च २१ गते हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद हातहालाहालको स्थितीमा पुगेको थियो । बारमा तीन तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए । त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइ जना पर्खलाबाट सडकमा लडेका थिए । लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ