Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसोमबारदेखि अष्ट्रेलियामा दुई जनाभन्दा बढी भेला हुन नपाइने ।

सोमबारदेखि अष्ट्रेलियामा दुई जनाभन्दा बढी भेला हुन नपाइने ।


ब्रिजवेन
कोरोना भाइरसको संक्रमित संख्या बढेसंगै अष्ट्रेलियाले थप रोकथामका उपायहरु अनुशरण गर्न थालेको छ ।
अष्ट्रेलियामा सोमबार मध्यरातदेखि दुइ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन नपाउने नियम लागु भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आईतबार पत्रकार सम्मेलन गर्दै यस्तो कडा नियम बारे जानकारी गराएको हो । संघीय मन्त्रिपरिषदले कोरोनाको संक्रमण रोक्नका लागि यत्ति कठोर कदम चाल्ने निर्णय लिएको मोरिसनको भनाई थियो । यो निर्णय लिनु अघि प्रधानमन्त्री मोरिसनले राज्य र क्षेत्रका नेताहरुसंग छलफल गरेका थिए ।
अष्ट्रेलियाका मुख्य स्वास्थ्य प्रमुख ब्रेन्डन मर्फीले यो निर्णय कठोर भएपनि भाइरसको संक्रमण रोक्न अत्यावश्यक रहेको बताए ।
यसअघि सरकारले १० जना भन्दा बढी भेला हुन रोकेको थियो ।
यो नियम कानुनी रुपमा भने अझै बाध्यकारी भईसकेको छैन । तर, राज्य सरकारले छिट्टै कानुन बनाएर यसलाई बाध्यकारी बनाउने पहल सुरु गरिसकेको छ । यो नियम एउटै घरमा बस्नेका हकमा भने लागु हुनेछैन ।
विवहामा अझै पनि ५ र मलामीमा १० जना जम्मा हुन पाउनेछन् तर, डेढ मिटरको समाजिक दुरी भने कायम राख्नुपर्नेछ ।
त्यस्तै सोमबारदेखि बाहिर रहेको जिम, स्केट पार्क पनि बन्द हुनेछन् ।

सरकारले ७० वर्ष उमेर भन्दा बढीका नागरिकलाई घरमै सेल्फ आईसोलेसनमा बस्न अनुरोध गरेको छ । त्यस्तै ६० वर्ष कटेका दीर्घ रोगी र ५० वर्ष माथीका आदिवासी मानिसलाई समेत घरमै बस्न सरकारले अनुरोध गरेको छ ।
हालसम्म अष्ट्रेलियामा ३९ सय ६६ जनालाई संक्रमण भएको छ भने १६ जनाले ज्यान गुमाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ