Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोना प्रतिबन्ध उल्लघंन गरेको भन्दै अष्ट्रेलियामा मन्त्री नै कारवाहीमा ।

कोरोना प्रतिबन्ध उल्लघंन गरेको भन्दै अष्ट्रेलियामा मन्त्री नै कारवाहीमा ।


सिड्नी

कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अष्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् ।
न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको हो ।
मन्त्री हार्विन सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएको छ ।
तर, यो नियमको उल्लघंन गर्दै मन्त्री हार्विन भने आफ्नो पर्ल विचको घरमा बस्न गएका थिए । गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो ।
कोरोना फैलन नदिन नियम तोड्नेलाई स्थानिय प्रहरीलाई ठाउको ठाउको जरिवाना तिराउन सक्ने अधिकार दिईएको छ ।
न्यु साउथ वेल्सका प्रहरी आयुक्त माईक फुलरले कोही पनि कानुनभन्दा माथी नरहेको स्थानिय मिडियालाई बताए । उनले भने -‘जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसारको कारवाहीको भागिदार हुनुपर्छ ।’
आफ्नो मन्त्रीको हर्कतलाई न्यु साउथ वेल्सका मुख्यमन्त्री (प्रिमियर)ग्याल्डिस बेरजेकलिनले निकै दुखद भएको बताईन ।
उनले भनिन् कानुनभन्दा माथी कोही छैन ।

यो घटनापछि मुख्यमन्त्री ग्याल्डिसमाथी मन्त्री हार्विनलाई बर्खास्त गर्न दवाव परेको छ । उता मन्त्री हार्विनले आफु होलिडे होममा ३ हप्तादेखि बसिरहेको र स्वास्थ्य परिक्षणका लागि मात्र एक चोटी सिड्नी आएको प्रतिक्रिया दिएका छन् । उनले आफु होलिडे होममै बसेर काम गरेको बताएका छन् । Photo- Harwin Facebook



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ