Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोना रोकथामका लागि अष्ट्रेलियासहित ४ देशका राजदूतले एक महिना तलब दिने

कोरोना रोकथामका लागि अष्ट्रेलियासहित ४ देशका राजदूतले एक महिना तलब दिने


ब्रिजवेन
कोरोना संक्रम’ण रोकथामका लागि अष्ट्रेलिया लगायत चार देशका राजदूतहरुले आफ्नो एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
दक्षिण पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतहरुले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलब योगदान गर्ने निर्णय गरेका हुन् । मलेसियाका लागि नेपाली राजदूत उदय राज पाण्डे, म्यानमारका भिम कुमार उदास, अष्ट्रेलियाका महेश राज दहाल र थाईल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले सहयोगको घोषणा गरेका हुन् ।
पराराष्ट्र मन्त्रालयले सबै देशका नेपाली राजदूतलाई एक हप्ताको तलब सहयोग गर्न निर्देशन दिएको थियो । तर, यी चार देशका राजदूतले भने एक महिनाका तलब दिने घोषणा गरेका हुन् । ‘यो दुखको घडीमा मानविय सेवाका लागि हामीले एक महिनाकै तल सहयोग गर्ने निर्णय गरेका हौं’-अष्ट्रेलियाका राजदूत महेश राज दहालले भने । ‘हाम्रो देश आर्थिक रुपले कमजोर छ, गरिब जनताले लक डाउनका कारण खान समेत नपाउने अवस्था छ’-राजदूत दहालले भने-‘भोलीको अवस्था के हुन्छ थाहा छैन, त्यसैले हाम्रो जिम्मेवारीको बोध गर्दै सहयोगको निर्णय गरेका हौं ।’
नेपाल सरकारले कोरोनासंग जुध्नका लागि कोषमा आर्थिक सहयोग गर्ने सबैमा अनुरोध गरेको छ । कोषमा एनसेलले १० करोड, नेपाल लाईफ ईन्सोरेन्सले १ करोड, लाईफ ईन्सोरेन्स कर्पोरेसनले ५१ लाख, बिमा समितिले ५ करोड र अनौपचारिक क्षेत्र सेवा केन्द्रले १० लाख रुपैया सहयोग गरिसकेको छ । त्यस्तै हिमालयन बैंकले १ करोड २५ लाख, यति समुहले एक करोड र पुर्व राजा ज्ञानेन्द्र शाहले २ करोड रुपैया सहयोग गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ