Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा कारको ठक्करबाट एक नेपाली युवकको मृत्यु

सिड्नीमा कारको ठक्करबाट एक नेपाली युवकको मृत्यु


सिड्नी

मर्निङवाकमा निस्किएका एक नेपाली युवककाे कारकाे ठक्करबाट ज्यान गएकाे छ । बुधबार सिड्नीकाे एडमण्डसन पार्कमा बस्दै आएका ३० वर्षिय युवक ससुरासंग मर्निङवाकमा निस्किएका थिए ।
पछाडीबाट आईरहेकाे कारले युवकलाई बिहान साढे ५ बजे ठक्कर दिदा घटनास्थलमै ज्यान गएकाे न्यु साउथ वेल्स प्रहरीले जनाएकाे छ । घाईते युवकलाई घटनास्थलमै उपचार गर्ने प्रयास सफल हुन नसकेकाे प्रहरीद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ । ससुरा भने सकुसल छन् ।
पुन थरका मृतक युवक म्याग्दी जिल्ला अन्नपुर्ण १ काे रहेकाे म्याग्दी प्रवासी नेपाली संघ अष्ट्रेलियाले जनाएकाे छ ।
ठक्कर दिने कारका चालक पनि नेपाली नै रहेकाे बुझिएकाे एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयाे । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

न्यु साउथ वेल्स प्रहरीले जारी गरेकाे विज्ञप्तीकाे अंश



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ