Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना साथ-अर्लि सुपर निकाल्न विद्यार्थी र भिषावहाकलाई निशुल्क सेवा दिदै डिला

कोरोना साथ-अर्लि सुपर निकाल्न विद्यार्थी र भिषावहाकलाई निशुल्क सेवा दिदै डिला


सिड्नी
कोरोनाका कारण प्रभावित बनेका विद्यार्थी र भिषावहाकले सुपर (संचयकाेष) बाट रकम निकाल्न चाहेमा सिड्नीका अकाउनटेन्ट डिला खरेलले निशुल्क सेवा दिने भएका छन् ।
खरेलको ईनोभेटिभस् एशोसिएटस् मार्फत निशुल्क सेवा दिन लागिएको हो । अष्ट्रेलियन सरकारले १ वर्ष भन्दा समय काम गरिसकेका र कोरोनाका कारण आर्थिक संकट भोगिरहेका अन्तराष्ट्रिय विद्यार्थी र भिषावहाकलाई सुप निकाल्न सक्ने व्यवस्था गरेको छ । अर्लि सुपर अन्तर्गत बढीमा १० हजारसम्म निकाल्न सकिन्छ ।

अस्ट्रेलियामा संचयकोष सम्वन्धी नियम यसको संचय गर्ने विधि , लगानी विधि र प्रयोग गर्न पाउने नीति र व्यवस्था बुझ्न केही झण्झटिलो छ । त्यसैले पनि सुपर निकाल्दा जानकारको सहयोग आवश्यक छ ।
त्यसैले अप्ठ्यारोमा परेकाहरुलाई केही राहत होस् भनेर निशुल्क सेवा दिन लागेको
ईनोभेटिभ एशोसिएट्स का निर्देशक डिला खरेलले जानकारी दिनुभयो ।
यो सेवा लिनका लागि इनोभेटिभ एशोसिएट्सको सिड्नी , मेल्वर्न , एडिलेड र तस्मनियाको कार्यलयमा सम्पर्क गर्न सकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ