Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नेपाली विद्यार्थीको डेरामा आगलागी, कागजपत्र र धनमाल जलेर नष्ट ।

ब्रिजवेनमा नेपाली विद्यार्थीको डेरामा आगलागी, कागजपत्र र धनमाल जलेर नष्ट ।


व्रिजवेन/सरल गुरुङ

अष्ट्रेलियाको ब्रिजवेनमा एक नेपालीको डेरामा आगलागी हुदा महत्वपुर्ण कागजपत्र र धनमाल जलेर नष्ट भएको छ ।

ईष्ट व्रिजवेनमा बसोबास गर्दै आएका विद्यार्थी जोडीको डेरामा बिहिबार साझ आगलागी भएको हो । आगलागीबाट डेरामा रहेको एक थान ल्यापटप, एक थान आईप्याड, लत्ता कपडा, फर्निचर, दुई हजार डलर नगद लगायत जलेर नष्ट भएको छ । त्यस्तै शैक्षिक प्रमाणपत्र, पासपोर्ट र अन्य महत्वपुर्ण कागजात पनि जलेको डेरावाला अधिकारी थरका युवकले बताए । टेलिफोनमा नेपालट्युबसंग कुरा गर्दै ती युवकले भने-‘भएभरको लत्ताकपडा जलेर नष्ट भयो, पैसा पनि जल्यो अब के गर्ने केही सोच्नै सकेको छैन । उनका अनुसार पासपोर्टचाहि आशिंक रुपमा जलेको छ ।’

७ हजार डलर जतिको धनमाल जलेको ती युवकको अनुमान छ। डेरामा आगलागी भएको खबर ती जोडीले नेपालमा आफन्तलाई नभनेकाले उनीहरुले आफ्नो पहिचान गोप्य राखिदिन अनुरोध गरेका छन् । विद्यार्थी युवती फेडेरेसन विश्वविद्यालयमा मास्टर्स ईन बिजनेस पढिरहेकी छिन् ।

आगलागीले जलेकाे नेपालीकाे डेरा

दुबै जना काममा गएको बेला बन्द कोठा भित्रबाट आगलागी सुरु भएको थियो । छिमेकीले दमकललाई खबर गरेका थिए । केही बेरमै दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

कोठामा ल्यापटप चार्ज गरेर राखेकाले त्यसैबाट आगो सल्किएको हुनसक्ने अनुमान छ ।

दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको चार कोठामा ८ जना नेपाली बस्दै आएका थिए । एउटा कोठामा आगलागी भएपछि प्रहरीले घरनै सिल गरेको छ । घर सर्न पर्ने भएपछि अहिले त्यहा बस्ने ८ जना नेपाली तत्कालै कोठा खोजेर सर्नु पर्ने भएको छ ।

कोठा जलेपछि ती जोडी चिनेको दाईको घरमा बसिरहेका छन् ।काेराेनाले समस्या दिईरहेका बेला बस्ने बास नै जलेपछि याे जाेडी थप चिन्तामा परेका छन्

घटनास्थलमा एनआरएनए कुईन्सल्याण्डका पदाधिकारी निरिक्षण र पीडितलाई भेट्न पुगिसकेका छन् । घटनास्थलमै भेटिएका एनआरएनए कुईन्सल्याण्डका संयोजक उमेश खड्काले आगलागीबाट पीडित बनेका नेपालीलाई तत्कालै आवश्यकता अनुसारको सहयोग गरिने बताउनुभयो ।

डेरा जलेका जोडीलाई अन्यत्र सार्नका लागि डेरा खोज्ने काममा उपसंयोजक अमृत खत्री जुटिसकेको खड्काले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ