Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा मोवाइल एपबाट कोरोना संक्रमितको निगरानी सुरु । यसरी गर्छ काम ।

अष्ट्रेलियामा मोवाइल एपबाट कोरोना संक्रमितको निगरानी सुरु । यसरी गर्छ काम ।

डिजिटल हात मिलाएर काेराेना ट्र्याकिङ गरिदै


ब्रिजवेन

काेराेना संक्रमित व्यक्तिको निगरानीका लागि अष्ट्रेलियन सरकारले मोवाईल एप्सको प्रयोग सुरु गरेको छ । आईतवार सार्वजनिक गरिएको कोभिडसेफ नामको उक्त एपले मोवाईलको ब्लुतुथ प्रविधीबाट भाइरस संक्रमितको डाटा संकलन गर्छ ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले यो एपले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाइ सहयोग गर्ने र संक्रमितको पहिचानमा पनि उल्लेख्य सुधार हुने बताउनुभयो । यो एपले मोवाइलको लोकेसन पछ्याउदै कोरोना संक्रमितहरु आफु नजिक आएमा नाटिफिकेसन मार्फत जानकारी दिन्छ ।

एपबाटै जोखिममा रहेका व्यक्तिलाई उनीहरुको पहिचान थाहै नपाई सजग रहन जानकारी दिन सकिने मन्त्री हन्टले जानकारी दिनुभयो ।
संक्रमितको पहिचान भएपछि मानिसले उनको नजिक रहेका मानिसले थप सुरक्षा अपनाउन सक्नेछन् । जसका कारण कोरोना थप फैलनबाट रोक्न सकिन्छ । मोवाईलमा कोभिडसेफ एप डाउनलोड गरेपछि व्यक्तिगत विवरण भर्नुपर्छ । त्यसपछि एपले ब्लुतुथ ह्याण्डसेक अप्सन एक्टिभेट गरिदिन्छ । यो अप्सन एक्टिभेट भएपछि तपाईको मोवाईलले यस्तै अप्सन एक्टिभेट भएको अर्को फोन पछ्याउन थाल्नेछ । त्यसपछि तपाईको मोवाईलले डिजिटल रुपमा हात मिलाउनेछ। जसबाट तपाईको मोवाईलले त्यो व्यक्तिसंग भेटिएको मिति, समय, दुरी र भेटको अवधीसहित जानकारी सग्रह गर्दछ । ती ईन्क्रिप्टेड डाटाहरु अरु कसैले चोर्ने र पुन प्रयोग गर्न नमिल्ने खालका हुन्छन् ।

एपमा प्रयोगकर्ताले भरेको व्यक्तिगत सूचनाहरु सुरक्षित हुने र २१ दिनपछि आफै डिलिट हुने व्यवस्था समेत गरिएको उहाँको भनाई थियो ।  अष्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनले पनि यो एपमार्फत आफुले भटेका मानिसहरुलाई ट्र्याकिङ गर्न सजिलो हुने बताए ।

सरकारले कम्तिमा ४० प्रतिशत जनताले यो एपमा आफ्नो विवरण भर्न अनुरोध गरेको छ। यो एपको प्रयोग र बृहद परिक्षणपछि अष्ट्रेलियाको लक डाउन छिट्टै सामान्य हुदै जाने संकेत देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ