Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनातिनी भेट्न अष्ट्रेलिया आएका हजुरबुवा मस्तिष्कघातले ढले, अचेत अवस्थामा उपचार हुदै ।

नातिनी भेट्न अष्ट्रेलिया आएका हजुरबुवा मस्तिष्कघातले ढले, अचेत अवस्थामा उपचार हुदै ।

एक सातादेखि अचेत, आईसियुमा उपचार


ब्रिजवेन/सरल गुरुङ

आफ्ना छोराबुहारी र नातिनी भेट्न अष्ट्रेलिया आएका एक अभिभावक मस्तिष्कघात (ब्रेनह्यामरेज) भएर अचेत भएका छन् । उनको व्रिजवेनको प्रिन्सेस एलक्जेन्ड्रा (पिए)अस्पतालमा उपचार भईरहेको छ ।
विकास बस्नेतका ६० वर्षिय बुवालाई मस्तिष्कघात भएको हो । अप्रिल १८ तारिखमा अचानक मस्तिष्कघात भएपछि विकासले बुवालाई लोगान अस्पताल भर्न गरेका थिए । त्यहा उपचार संभव नभएपछि भोलीपल्ट उनलाई पिए अस्पताल रिफर गरिएको हो । एक सातादेखि अचेत अवस्थामा रहेका उनको सघन कक्ष (आईसियु )मा उपचार भईरहेको छ ।
टाउकोमा रक्तश्राव अत्याधिक भएकाले उपचारमा केही कठिनाई आएको छ । आफै रगत सुक्न दिने वा शल्यक्रिया गर्ने भन्नेमा चिकित्सकहरुले छलफल गरिरहेको छोरा विकासले नेपालट्युबलाई बताउनुभयो । सुरुको दिनमा भन्दा अहिले बुवाको अवस्थामा सुधार आईरहेको समेत उहाँले बताउनुभयो । एक महिना जति आईसियुमै राखेर निगरानी गर्न समेत डाक्टरले सुझाव दिएका छन् ।
हालसम्म दुबै अस्पतालमा गरेर ४० हजार डलरभन्दा बढी खर्च भईसकेको छ । आईसियुको समय लम्बिए अस्पतालको बिल लाखौ डलरभन्दा माथी पुग्न सक्छ ।
भिजिटर भिषामा आएकाले बुवाको ईन्सोरेन्स गरिएको विकासले जानकारी दिनुभयो । तर, यसअघि लोगान अस्पताल ईन्सोरेन्स क्लेम गर्दा स्विकृत नभएपछि विकास अलि अत्तालिएका छन् । मंगलबार फेरि सबै बिल समेटेर ईन्सोरेन्समा निवेदन दिने उहाँको भनाई छ । ईन्सोरेन्सले खर्च व्यहोरेन भने के गर्ने भन्ने चिन्तामा छन् विकास यतिबेला ।
सोमबार व्रिजवेनका केही नेपाली अगुवाले भेटेर विकासलाई मनोवैज्ञानिक रुपमा साथ दिएका छन् ।
विकास श्रीमती र सानी छोरीसहित नर्दन टेरिटोरीमा बस्थे । त्यहि नातिनीको अनुहार हेर्न ६ महिना अघि विकासको वुवा अष्ट्रेलिया आउनुभएको हो । रिजनल स्किल माईग्रेसनका लागि दुई वर्ष त्यहा बसेर उनी हालैमात्र ब्रिजवेनको लोगानमा काम गर्न आएका हुन् । विकासको अझै पनि पिआर भईसकेको छैन । नयाँ ठाउ, त्यसमाथी कोरोनाका कारणले श्रीमतीले समेत काम नपाएकाले विकास थप चिन्तामा छन् । अस्पतालको शैयामा ढलेका बुवाको उपचार हरसंभव गराउन जुटेका विकासले हिम्मत भने हारेका छैनन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ