Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक नेपाली विद्यार्थीलाई कोरोना पुष्टी, थप चार जना सेल्फ आइसोलेसनमा ।

सिड्नीमा एक नेपाली विद्यार्थीलाई कोरोना पुष्टी, थप चार जना सेल्फ आइसोलेसनमा ।

९ जना नेपालीलाई यसअघि कोरोना देखिएको थियो


सिड्नी
सिड्नीमा अध्ययनरत एक नेपाली युवकलाई कोरोना संक्रमणको पुष्टी भएको छ । केही दिनदेखि ज्वरो आउने लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पुष्टी भएको हो । सिड्नीस्थित स्ट्राटफिल्डमा बस्दै आएका ती ३० वर्षीय विद्यार्थी युवकलाई अहिले सिड्नीकै क्याम्परडाउनस्थित एक होटलमा सेल्फ क्वारेन्टिनमा राखिएको न्यु साउथ वेल्सका एनआरएनए संयोजक देव गुरुङले जानकारी दिनुभयो । युवकको गोपनियताका लागि हामीले परिचय गोप्य राखेका छौ ।

उनीसंगै एउटै युनिटमा बस्दै आएका ४ जना युवा विद्यार्थी मध्ये दुइ जनालाई घरमै र एक जनालाई सोही होटलमा सेल्फ क्वारेन्टिनमा राखिएको छ । होटलमा बस्ने खर्च न्यु साउथ वेल्सको स्वास्थ्य विभागले व्यवस्था गरेको हो । घरमा क्वारेन्टिनमा बसेका दुइ युवकका लागि राशनपानीको व्यवस्था एनआरएनएले गरिरहेको संयोजक गुरुङले जानकारी दिनुभयो । होटलमा बसेकाहरुलाई पनि केही पौष्टिक खानेकुराहरुको व्यवस्था गरिरहेको गुरुङको भनाई थियो ।
यो सिड्नीमा नेपालीलाई देखिएको कोरोना संक्रमण पाचौं घटना हो । भिक्टोरिया, न्युसाउथ वेल्स र तास्मानियामा ९ जना नेपालीलाई यसअघि कोरोना देखिएको थियो । ती सबै सन्चो भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

Photo- WHO



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ