Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalलक डाउन तोड्ने १५३६ जना समातिए, प्रहरीले दियो कोरोना शिक्षा ।

लक डाउन तोड्ने १५३६ जना समातिए, प्रहरीले दियो कोरोना शिक्षा ।

प्रहरीले दियाे काेराेना शिक्षा


काठमाडौ, सोमबार एकैदिन काठमाडौ उपत्यकामा लकडाउन उल्लघंन गरेको आरोपमा १५ सय ३६ जना समातिएका छन् । उनीहरुमध्ये ४ सय ७१ महिला रहेको महानगरिय प्रहरीले जनाएको छ। विहान ६ बजे देखि साझ ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।
यसै गरी ५ सय ९८ वटा दुई पाङ्ग्रे र ६४ वटा चारपाङग्रे गरी ६ सय ६२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १४ सय ३१, ललितपुरमा ६९ जना र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ५७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ