२८१ यात्रु बोकेर सिड्नी उड्यो नेपाली विमान, फर्कदा काेराेना जाच्ने ३० हजार किट लैजाने (फाेटाे फिचर)
काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बुधवार दिउसो काठमाडौबाट सिड्नीका लागि उडेको छ ।
नेपाली विमान यात्रु बोकेर दोस्रो पटक अष्ट्रेलिया आउन लागेको हो । विमानमा अष्टे्रलिया र न्यूजिल्याण्डका २ सय ८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले उल्लेख गरेको छ । कोरोनाका कारण उनीहरु नेपालमा अड्किएका थिए ।
यो जहाज सिड्नीबाट रित्तै फर्किएपनि मलेसियाबाट भने काेराेना जाच्ने ३० हजार किट लिएर नेपाल फर्कने नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएकाे छ। ती किटका बारेमा विस्तृत जानकारी आउन बाकी छ । भाइरसको संक्रमण भित्रने डरले नेपालले विदेशबाट नेपालमा यात्रु आउन प्रतिवन्ध लगाएको छ । यसअघि अप्रिल २ मा नेपाली विमानले अष्ट्रेलियाको व्रिजवेनका लागि उडान भरेको थियो ।नेपाली विमान दुइ पटक नै रित्तै फर्कने भएपछि अष्ट्रेलियाबाट घर फर्कन खोजेका नेपाली निराश बनेका छन् ।
तपाईको प्रतिक्रिया