Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिनियाँ जनमुक्ति सेना नेपालमा, नेपाली सेनाका लागि मेडिकल सामाग्री सहयोग

चिनियाँ जनमुक्ति सेना नेपालमा, नेपाली सेनाका लागि मेडिकल सामाग्री सहयोग


काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नै एयर फोर्समा नेपाली सेनाका लागि स्वास्थ्य सामाग्री ल्याइदिएको छ । नेपालमा मेडिकल सामाग्री र कोरोना जाँच किट अभावको गुनासो बढिरहदा बुधबार विहान चीनको चेङ्दुबाट सहयोगबापतको मेडिकल सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स विमान नेपाल आइपुगेको हो ।

चिनबाट मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण भएको थियो । नेपाली सेनाका लागि मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका मेडिकल सामाग्री ल्याइएको भएपनि कति परिणामको सामग्री छ भन्ने खुलाइएको छैन । यी स्वास्थ्य सामग्री कोभिड–१९ विरुद्ध लड्न सेनाले प्रयोग गर्नेछ ।

यसअघि चीन सरकारले नेपाल सरकारलाई समेत विभिन्न मेडिकल सामाग्री सहयोग स्वरुप पठाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ