Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्लड क्यान्सर भएका अर्जुन उपचार गर्न अष्ट्रेलियाबाट भारत जाने तय ।

ब्लड क्यान्सर भएका अर्जुन उपचार गर्न अष्ट्रेलियाबाट भारत जाने तय ।

एनआरएनए कुइन्सल्याण्डले उठायो १ लाख १७ हजार डलर


ब्रिजवेन\सरल गुरुङ

पाच महिनादेखि ब्लड क्यान्सर भएर जीवन र मृत्युबिचको लडाई लडिरहेका अर्जुन तिमल्सिना अन्ततः उपचारका लागि भारत जाने तय भएको छ ।
अष्ट्रेलियाको ब्रिजवेनमा परिवारसंगै बस्दै आएका ३० वर्षीय अर्जुनलाई गत जनवरीमा ब्लड क्यान्सर देखिएको थियो ।

उनलाई भारतको नया दिल्लीस्थित बिएलके अस्पतालमा थप उपचारका लागि लैजान लागिएको हो । हाल ब्रिजवेनको मेटर अस्पतालमा उपचार गराइरहेका अर्जुन मे २१ तरिखमा सिड्नी जादैछन् । सिड्नीबाट मे २३ तारिखमा एयर इन्डियाको विमानबाट भारत जाने तय भएको सिम्प्ली ह्युम्यानका अध्यक्ष प्रेरणा पवाले जानकारी दिनुभयो ।
कोभिड १९ को महामारीका कारण अर्जुनलाई भारत लैजाने पकृयामा केही ढिलाई हुदै आएको थियो । सिम्प्ली ह्युम्यानका उज्वल पौडेल र प्रेरणा पवाको सकृयतामा भारत सरकारले अर्जुनलाई भारतको यात्रा गर्ने अनुमति दिएको हो । कोरोनाका कारण अहिले भारतले आफ्ना नागरिक बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको छ । प्रेरणा पवा भारतिय नागरिक भएकाले उनैले भारतिय उच्च अधिकारीसंग सम्पर्क गरेर अर्जुनको भारतयात्र तय गर्न सहयोग गर्नुभएको हो ।
यसअघि ब्लड क्यान्सर भएका उज्वलको पनि भारतको बिएलके अस्पतालमै उपचार भएर निको भएकाले उनैको पहलमा अर्जुनलाई पनि सोही अस्पतालमा लान लागिएको हो । अर्जुनसंग उनका पिता र भाई पनि भारत जादै छन् । भाइले अर्जुनलाई बोन म्यारो दान दिने तय भएको छ ।

उनको समाचार नेपाल ट्युबमा सार्वजनिक भएपछि अष्ट्रेलिया लगायत विश्वभरका नेपालीहरुले सहयोग संकलन गरेका गरेका थिए । उनको उपचारका लागि गैरआवासिय नेपाली संघ एनआरएनए कुइन्सल्याण्डले संचालन गरेको गो फन्ड मिमा विश्वभरका ३२ यस जना मानिसले १ लाख १७ हजार डलर सहयोग गरेका छन् । अर्जुनकै खातामा समेत मानिसहरुले सहयोग रकम संकलन गरेका छन् । उपचारका लागि पैसाको अभाव हुन नदिन कुइन्सल्याण्डका नेपाली समाजले निकै सक्रियता देखाएको थियो । नेपाली समाजले अर्जुनको ज्यान बचाउन गरेको सहयोगप्रति गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका संयोजक उमेश खड्काले धन्यवाद व्यक्त गर्नुभएको छ । लामो प्रयासपछि अर्जुनलाई उपचारका लागि भारत लैजाने प्रकृया सफल हुन लागेको प्रति खड्काले खुसी व्यक्त गर्नुभयो ।

अजुर्नको उपचारका लागि संचालित गोफन्ड मि एकाउन्ट

पोखरा स्थाई घर भएका अर्जुन श्रीमतिलाई नर्सिङ पढाउन तीन वर्ष अघि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् । क्यान्सर देखिएकै हप्ता यो दम्पतिले नवजात शिशुलाइ जन्म दिएका थिए । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडापखालाले सताएको थियो । केही दिनसम्म पनि पखाला निको नभएपछि रगत परिक्षण गर्दा क्यान्सर भएको पुष्टी भएको हो । अर्जुनको सफल उपचार हुनेमा सबै आशावादी छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ