Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सपर्ट एजुकेशनमाथी खनिए यी युवक, यस्तो छ वास्तविकता ।

एक्सपर्ट एजुकेशनमाथी खनिए यी युवक, यस्तो छ वास्तविकता ।

विपिनलाई भाइ जस्तै माया


व्रिजवेन/सरल गुरुङ
अष्ट्रेलियाको व्रिजवेनमा चिनिएको नाम हो विपिन कार्की । १० वर्ष अघि अष्ट्रेलिया छिरेका कार्कीले यसबिचमा गरेका समाजसेवाले उनलाई धेरैले शसक्त युवाको रुपमा चिन्ने गर्छन् । व्रिजवेनकै युवा उज्जव पौडेललाई ब्लड क्यान्सर हुदा सहयोग संकलन गर्ने देखि भारत लगेर उपचार गर्नेसम्म विपिन कार्की सक्रिय देखिए । विद्यार्थीका विषयमा खरो उत्रिने विपिनले कोरोना महामारीको जटिल समयमा पनि भोका विद्यार्थीलाई निशुल्क खाना वितरण गर्न सक्रियता देखाइरहेकै छन् । नया विद्यार्थीलाई समस्या पर्दा सार्वजनिक रुपमै टिप्पणी गर्ने उनको शैली छ ।
समाजमा प्रभावशाली र बोल्ड युवाको छवी बनाएका तीनै विपिन गत मे १९ तारिख मंगलबार साझ साढे ८ बजे फेसबुक लाइभमा आए । सार्वजनिक चासोका विषयमा यसअघि पनि उनी पटक पटक फेसबुक लाइभमा आएर कडा टिप्पणी गर्ने गर्थे । तर, मंगलबार साझको उनको फेसबुक लाइभले भने अष्ट्रेलियादेखि नेपालसम्म ध्यान खिचेको छ । नेपाली समुदायको ठुलो मानिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसका बारेमा दुइ गम्भीर आरोप लगाएपछि उनको लाइभ सेन्सेस्नल बनेको हो ।

विपिनको फेसबुक लाइभ

सधै अरुको विषयमा आवाज उठाउने विपिनले मंगलबार साझ भने आफ्नै भिषाको समस्या सुनाए । साढे ५ मिनेटको उक्त लाइभ भिडियोमा उनले खासगरी आफुले पहिला काम गर्ने व्रिजवेनको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका बारेमा बाले । उनले एक्सपर्ट विरुद्ध आफुलाई कानुनले तोकेको भन्दा कम पारिश्रमिक दिएको र आफ्नो स्पोन्सरसिप भिषामा लापरवार्ही गरेको दुइ मुख्य आरोप लगाए । उनले आफु एक्सपर्टकै कारण नेपाल फर्कन पर्ने अवस्था आएकाले निकै ठुलो मानसिक तनावमा रहेको समेत बताए । त्यहि समयमा गरिएको अर्को लाइभ भिडियोमा उनले आफुमाथी अन्याय भएको र समाजिक संघ संस्था, मिडिया र अगुवाहरुले समेत आफुलाई सहयोग नगरेको आरोप लगाए ।
उनले एक्सपर्टमा काम गर्दा ३ सय जना विद्यार्थी लगेको र त्यसबापतको ३० लाख डलरको योगदान दिएको तर एक रुपैया पनि कमिसन नलिएको दाबी गरेका छन् । तर, जागिर छोड्ने बेला ऋणको रुपमा लिएको ४१ हजार डलर लिएको तर त्यो पैसा नतिर्ने पनि उनले घोषणा गरेका छन् । आफ्नो भिषा विगार्नमा ब्रिजवेन एक्सपर्टका संचालक सागर अर्यालको हात रहेको पनि उनले आरोप लगाएका छन् । उनले आफुमाथी भएको अन्यायको सबै प्रमाण रहेकाले कानुनी लडाइमा जाने समेत घोषणा गरे । उनले आफ्नो गल्ती भए जेल जान तयार रहेको पनि बताए ।

https://www.youtube.com/watch?v=CH5WKY87FBM&feature=youtu.be

विपिनले नेपाल ट्युबसंगको कुराकानीमा समेत आफुसंग प्रमाण रहेकाले कानुनी लडाइमा जाने दोहोर्याए । यदपी उनले प्रमाणका कागजात भने देखाएनन् । कुराकानीका क्रममा उनले एक्सपर्टले आफुलाई एक्पर्टबाट नभई अर्कै सानो कम्पनीबाट स्पोन्सर गरेकाले भिषा नलागेको समेत दाबी गरे बताए । स्पोन्सरसिप भिषा हाल्न एक्पर्टका सागर अर्यालले एक्पर्टको व्रिजवेन कार्यलयभित्रै आफ्ना लागि ५० हजार डलर खर्च गरेर भोडाफोनको छुट्टै स्टोर समेत खोलिदिएको बताए । कुकरी पढेपनि कष्टोमर सर्भिस म्यानेजरको पदमा स्पोन्सरसिप भिषा पाइने आशामा डेढ वर्ष एक्पर्टमै काम गरेको भन्दै विपिनले भिषा नलागेपछि तनाव हुन थालेको बताए ।
विपिनका अनुसार उनले एक्सपर्टको भोडाफोन स्टोरमा सन् २०१६ देखि २०१७ सेप्टेम्बरसम्म काम गरेका थिए । उनले आफुलाई घण्टाको १० देखि १३ डलर मात्रै पारिश्रमिक दिएको पनि आरोप लगाएका छन् । उनले प्रमाणस्वरुप एक्पर्टबाट पैसा आएको बैंक स्टेटमेन्ट आफुसंग रहेको दाबी गरे ।

विपिनजिलाई अन्या’य गरेका छैनौ-एक्सपर्ट एजुकेशन व्रिजवेन  ।

सार्वजनिक रुपमै एक प्रखर युवाले एउटा प्रतिष्ठित व्यापारिक घरानालाई आरोप लगाएपछि स्वभाविक रुपमै सार्वजनिक बहस हुने नै भयो । यहि बिचमा नेपाल ट्युबले पनि एक्सपर्ट व्रिजवेन र यसका संचालकद्वय सागर अर्याल र अरुण पौडेललाई भेट गरि विपिन कार्कीका बारे सवाल उठाएको छ । कुराकानीका क्रममा संचालकद्वयले विपिनमाथी अन्याय नगरिएको भन्दै विपिन र एक्सपर्टबिच ६ महिनाअघि नै हस्ताक्षर भएको सम्झौता र लिखित कागजात देखाएका छन् । एक्पसपर्ट व्रिजवेनले एक साता अघि सामाजिक संघसंस्थाका प्रतिनिधीलाई पनि देखाएको उक्त कागजातका आधारमा विपिनलाई कम पारिश्रमिक दिएको तथा नियतवस भिषा नलागेको आधार पुष्टी हुदैन ।
कम पारिश्रमिक दिएको भन्ने विपिनको आरोप पुष्टी नहुने आधारका रुपमा एक्सपर्टसंग क्याजुवल कामदारको रुपमा घण्टाको २६ डलर पारिश्रमिक दिएको पेस्लिप,र त्यहि आधारमा कर र सुपर तिरेको प्रमाण छ । त्यहि पेस्लिपका आधारमा विपिनले ६ महिना अघि नै कर पनि तिरिसकेका छन् । विपिन र एक्सपर्ट व्रिजवेनले ६ महिनाअघि सन् २०१९ डिसेम्बर १९ तारिखमा नै वकिलको रोहवरमा सबै लेनदेनको विषय टुंग्याएर एकअर्कालाई आरोप प्रत्यारोप नगर्ने भनि लिखित सहमति गरेका छन् । विपिनले नेपाल गएर केही गर्ने इच्छा देखाएको र लगानीमा सहयोग गरिदिन अनुरोध गरेपछि एक्सपर्ट एजुकेशन व्रिजवेनले उनलाई सन् २०२२ भित्र तीन किस्तामा तिरिसक्ने गरि ३३ हजार डलर ऋण पनि दिएको छ ।

‘विपिन मेरो भाइ जस्तै हो हामीले उनको भविष्य बनाउन सकेको सबै प्रयास गर्यौ’- एक्सपर्ट व्रिजवेनका संचालक सागर अर्यालले भन्नुभयो -‘नेपाल गएर पनि उनले केही गर्ने इच्छा देखाएपछि माया लागेर हामीले ऋण दिने निर्णय गरेका हौ ।’
विपिनलाई स्पोन्सर गर्न आफुले ५० हजार डलर खर्च गरेर एक्सपर्टको कार्यलय परिसरमै भोडाफोनको स्टोर खोलिएको पनि बताउनुभयो । यसअघि विपिनले पनि यो कुरा स्विकारिसकेको छन् । उनले विपिनलाई सानो कम्पनीबाट नभई व्रिजवेनमा  एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको फ्रेन्चचाइज कम्पनी संचालन गर्ने एटलास होल्डिङस् प्रालिबाटै स्पोन्सर गरिएको तथ्य पेश गरे । एटलास होल्डिङस्ले दुइ महिनाको अन्तरालमा विपिन र सागर अर्यालको एक जना नातेदारको स्पोन्सरसिप भिषा आवेदन दिएको थियो । ती मध्ये विपिनको भिषा स्विकृत नभएको हो । ‘हामीले विपिनजीलाई माया गरेर यो मौका दिएका थियौ’- अर्यालले भन्नुभयो -‘उहापछि हामीले कसैलाई स्पोन्सर गरेका छैनौ ।’  विपिनको स्पोन्सरसिप भिषाको सबै तयारी रजिष्टर माइग्रेसन एजेन्ट उज्जव गौतमले गरेको पनि अर्यालले बताउनुभयो ।

एउटै प्रकृतिको दुइ भिषामा एकको स्विकृत हुने र अर्को अस्विकृत हुनुको पछाडी कामको अनुभव कारण हुन सक्ने अर्का संचालक अरुण पौडेलेले अनुभव सुनाउनुभयो । पौडेलले  भन्नुभयो -‘विपिनले कुकरी पढ्नु भएको तथा उहासंग कस्टोमर सर्भिसमा कम अनुभव भएका कारणले पनि भिषा स्विकृत नभएको हुन सक्छ ।’ भिषा स्विकृत नभएपछि पनि एक्सपर्टले विपिनको मुद्दालाई पुनरावलोकनका लागि एएटी गरेको छ । एएटीले पुनरावलोकन गर्ने बेला स्पोन्सरसिप भिषाका लागि मापदण्डहरु परिवर्तन भएपछि समस्या थपिएको पौडेलेको भनाई छ ।

विपिनलाई यत्ति धेरै माया गर्नुपर्ने कारण के हो नि भन्ने प्रश्नमा सागर भन्नुहुन्छ- ‘विपिन भाईले उज्जवको जीवन बचाउन देखाएको सक्रियताबाट म निकै प्रभावित भएको थिए । आफ्नो संघर्षलाई माया मारेर उनले अरुका लागि देखाएको मानवताले नै हो मेरो मन छोएको ।’
विपिन कार्कीले सार्वजनिक रुपमा गालिगौलज गरेपछि मानहानीमा मुद्दा हाल्ने कुरा चलेपनि आफुले रोकेको अर्यालको भनाई थियो । ‘विपिन मेरो भाई हो, उसले बिर्सिएपनि मैले बिर्सिन सक्दिन’- अर्यालले भन्नुभयो -‘उ अहिले मानसिक तनाव छ, उसलाई सबै किसिमले सहयोग र साथ दिन म अझै पनि तयार छु ।’

एनआरएनए कुइन्सल्याण्डले विपिनलाई सहायता गर्ने

विपिनको पछिल्लो अवस्था बारे जानकार एनआरएनए कुइन्सल्याण्डले विपिनलाई सामान्य जीवनमा फर्कन सहायता गर्ने जनाएको छ । कुइन्सल्याण्ड एनआरएनएका संयोजक उमेश खड्काले विपिनसंग सम्पर्क गरेर आवश्यक साथ र सहयोग गर्ने बताउनुभयो । विपिनलाई यसअघि पनि एनआरएनए राहत कोषबाट एक हजार डलर रकम सहयोग गरिएको खड्काको भनाई छ ।

यसैबिच मानसिक तनाव भएको भन्दै विपिन कार्की अस्पताल भर्ना भएका छन् । उनलाई बिहिवार बिहान चमसाइडको प्रिन्स चाल्स अस्पताल लगिएको हो । उनलाई भेट्न एनआरएनए कुइन्सल्याण्डका पदाधिकारी अस्पताल पुगेका छन् । अष्ट्रेलियाको नेपाली समाज यतिबेला विपिनको स्वास्थ्य अवस्थाको बारेमा चिन्तित छ । अरुलाई दुख पर्दा सहयोगमा उत्रिहाल्ने विपिनलाई भावनात्मक रुपमा साथ दिन नेपाली समाजले ढिला गर्नु हुन्न ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ