Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalन्युजिल्याण्डका नेपालीले बुझाए भारतिय दुतावासमा ज्ञापनपत्र

न्युजिल्याण्डका नेपालीले बुझाए भारतिय दुतावासमा ज्ञापनपत्र


मिलन जिसी/न्युजिल्याण्ड

न्युजिल्याण्डका नेपालीले नेपालीभूमी फिर्ता गराउन दबाव दिन स्थानिय भारतिय दुतावासमा हुलाकमार्फत ज्ञापनपत्र बुझाएका छन् । प्रबासी नेपाली एकता मंच न्यूजिल्यान्ड ले न्युजिल्याण्डस्थित भारतीय दुताबास व्लिङटन मा ज्ञापन पत्र बुझाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुँदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको भन्दै आपत्ति जनाइएको छ । त्यस्तै ज्ञापनपत्रमा कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको र सुगौली सन्धि लगाएतका दस्ताबेजले उक्त भूभाग नेपालको भएको प्रमाणित भएको भन्दै अतिक्रमित भुमि फिर्ताको माग गरिएको छ।
मंचका सदस्य नबजिब ढुंगाना भारतीय दुताबासमा ज्ञापन पत्र बुझाउन जानु भएको थियो । तर, दुताबासले ज्ञापन पत्र बुझ्न अस्विकार गरेपछि हुलाक मार्फत पठाईएको छ। प्रवासी नेपाली एकता मन्च न्यूजिल्यान्ड का अध्यक्ष आत्माराम खनाल र सचिब मिलन जि सि द्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । कालापानी क्षेत्रको भूमीमा नेपाल र भारतबिच लामो समयदेखि स्वामित्वको विवाद रहदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ