Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएक साताभित्रै विदेशमा रहेकाले स्वदेश फर्किन पाउने, अस्ट्रेलिया पनि प्राथमिकतामा

एक साताभित्रै विदेशमा रहेकाले स्वदेश फर्किन पाउने, अस्ट्रेलिया पनि प्राथमिकतामा


काठमाडौं । सरकारले दैनिक १० वटा चार्टर्ड विमान मार्फत विदेशमा रहेका नेपालीहरुको उद्धार गर्नेगरि तयारी अन्तिम चरणमा पुर्याएको छ । विमानस्थलको सुरक्षा सावधानीको पूर्वाधार तयारी, होल्डिङ सेन्टर, स्थानीय तहमा क्वारेन्टाइन तथा होटल क्वारेन्टाइनको व्यवस्थापन अन्तिम चरणमा पुगेको कोभिड उच्चस्तरिय समितिले जानकारी दिएको छ ।

एकसाताभित्रै धेरै समस्यामा परेका करिब २५ हजार श्रमिकको उद्धार सुरु गर्ने सरकारको तयारी छ । पहिलो चरणमा खाडी, मलेसिया, साइप्रस, बंगलादेश र अस्ट्रेलियामा रहेका तथा समस्यामा परेर आउन चाहने नागरिकलाई चार्टर विमानमा ल्याइने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको छ । उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले युरोप, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । मध्यपूर्व वा नजिकका ट्रान्जिटसम्म आए युरोप, अमेरिकाकालाई समेत अन्यलाई उद्धार गर्ने क्रममा ल्याउन सकिने बताइएको छ ।

भारतबाट आउनेलाई क्वारेन्टाइन, बस्ने खाने लगायतको व्यवस्थापन सरकारले गरेपनि खाडीका देश, मलेसिया अस्ट्रेलिया तथा युरोपेली मुलुकबाट स्वदेश फर्कनेहरूले यातायात लगायत व्यवस्थापनका खर्च आफैँले व्यहोर्नुपर्नेछ । अझ, होटल क्वारेन्टाइन र खानपानको खर्च पनि व्यक्तिगत रुपमै ब्यहोर्नुपर्नेछ । स्वदेश फर्कनेसँग अनिवार्यरूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट हुनुपर्नेछ ।

कोभिड–१९ को विश्वव्यापी असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७, जेठ १२ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ