Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट दैनिक २९ सय नेपाल ल्याउनेगरी तयारी, शुक्रबार युएई र म्यानमारबाट उद्धार

विदेशबाट दैनिक २९ सय नेपाल ल्याउनेगरी तयारी, शुक्रबार युएई र म्यानमारबाट उद्धार


काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) ले विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी तयारी पूरा गरेको छ । यसका लागि सीसीएमसी–अप्सले उपत्यकाका विभिन्न स्थानमा होल्डिङ सेन्टर तयार पारेको छ । पहिलो चरणमा शुक्रबार यूएईबाट १ सय ६८ र म्यानमारबाट २६ जनाको उद्दार गरेर नेपाल ल्याइँदैछ ।

उनीहरुलाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा ९ वटा होल्डिङ सेन्टर तयार छन् । प्रदेशगत रुपमा व्यवस्थापन गर्नु अघि कम्तिमा एक दिनसम्म उनीहरु सो सेन्टरमा रहनसक्छन् । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक÷एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ ।

काठमाडौंमा होल्डिङ सेन्टरका रुपमा सुकेधारामा मिराकल पार्टी प्यालेस, स्काई जोन पार्टी प्यालेस र बसुन्धारामा यति पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेस तथा भक्तपुरको सूर्यविनयामा इम्पेरियल पार्टी प्यालेस र ठिमीमा हेरिटेज पार्टी प्यालेस तयारी अवस्थामा छन् । ललितपुरको धोविघाटमा सिद्धार्थ कलेज, महालक्ष्मीस्थानमा डिलाइट पार्टी भेन्यू र खरिवोटमा मण्डला पार्टी भेन्यू तयार गरिएको छ । काठमाडौंको मिराकल र ललितपुरको सिद्धार्थ कलेजलाई रिजर्भका रुपमा राखिनेछ ।

सुरक्षा सावधानी सहित उद्दार गरिएका व्यक्तिलाई नेपाली सेनाले बसमा राखेर होल्डिङ सेन्टरसम्म पु¥याउनेछ । सो सेन्टरमा पुग्नेवित्तिकै स्वास्थ्य मन्त्रालयको टोलीले स्वास्थ्य जाँच गर्नेछ । र, कुनै समस्या पाइए सिधै आइसोलेसनमा र संक्रमणको जोखिम नहुनेलाई होम क्वारेन्टाइनमा पठाइने छ । क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ