Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली विद्यार्थीलाई न्युजिल्याण्ड सरकारले दियो १० हजार डलर

नेपाली विद्यार्थीलाई न्युजिल्याण्ड सरकारले दियो १० हजार डलर


मिलन जिसी/ न्युजिल्याण्ड
कोरोनाबाट जागिर गुमाएका नेपाली विद्यार्थीलाई सहायता गर्न न्युजिल्याण्ड सरकारले १० हजार डलर दिएको छ ।
गैर आवासिय नेपाली संघ न्युजिल्याण्डलाई अन्तराष्ट्रिय विद्यार्थी सहायता कोषबाट सरकारले रकम उपलब्ध गराएको हो ।
प्राप्त रकम न्युजिल्याण्डमा पढिरहेका नेपाली विद्यार्थीलाई खाद्यान्य र नगद दिएर सहयोग गरिने एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले बताउनुभयो । जसका लागि केही दिनमै मापदण्ड तयार पारिने बताईएको छ । यसअघि गैर आवासीय नेपाली, संघ न्युजिल्याण्डले सरकारबाट ५० हजार डलर अनुदान प्राप्त गरिसकेको छ ।
सामुदायिक पूर्नजागरण कार्यक्रम अनुसार न्युजिल्याण्ड सरकारले नेपाली समुदायलाई सहयोग स्वरुप उक्तअनुदान उपलब्ध गराएको थियो ।
कोरोना भाइरसको प्रकोपको कारण रोजगारी गुमाएका र भर्खरै नेपालबाट आएर रोजगारी नै शुरु नगरेका समुदायका सदस्यहरुलाई रोजगारीमुलक तालिम संचालन गर्न सो रकम खर्च एनआरएन न्युजिल्याण्डले बताएको छ ।
न्युजिल्याण्ड १० हजार जति नेपाली विद्यार्थी रहेको विश्वास गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ