Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोनापछि कलेज र युनिले बाडेको छात्रवृत्ति लिन ब्रिजवेनमा मेला ।

कोरोनापछि कलेज र युनिले बाडेको छात्रवृत्ति लिन ब्रिजवेनमा मेला ।


ब्रिजवेन

कोरोनाको महामारीका बेला अष्ट्रेलियाका प्राय सबै कलेज र विश्वविद्यालयहरुले विद्यार्थीका लागि राहत र छात्रवृत्ति घोषणा गरेका छन् ।
समयमै आवश्यक जानकारी नपाउदा धेरै विद्यार्थी त्यस्ता छात्रवृत्तिबाट बञ्चित समेत हुने गरेका छन् । विद्यार्थीलाई समयमै सहुलियत र छात्रवृतिबारे जानकारी दिन ब्रिजवेनको शैक्षिक परामर्श दाता ईम्पाएर ईन्टरनेशनल एजुकेशन एण्ड भिषा सर्भिसेसले एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ ।
मेलामा अष्ट्रेलियाका सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी (सिक्युयु), युनिभर्सिटी अफ साउदन क्युन्सल्याण्ड अष्ट्रेलिया(युएसक्यु), युनिभर्सिटी अफ दि सनसाईनकोष्ट, चाल्स स्टाउट यनिर्भसिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, फेडेरेसन युनिभर्सिटी, जेम्स कुक युनिर्भसिटी र होम्स ईष्टिच्युट जस्ता २५ शैक्षिक संस्थाका प्रतिनिधीले विद्यार्थीलाई आवश्यक जानकारी दिने आयोजकले जनाएको छ।
जुलाई ईन्टेकका लागि विश्वविद्यालय र कलेजहरुले ३० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्ति लिनका लागि विद्यार्थीले के कस्ता तयारी गर्नुपर्छ भन्ने बारे मेलामा जानकारी दिईने ईम्पाएरका सुनिल बस्नेतले जानकारी दिनुभयो । मेलामा सहभागीलाई आयाेजकले १ हजार डलरकाे छात्रवृत्ति र ग्राेसरी भाैचर दिने बस्नेतले जानकारी दिनुभयाे ।
निशुल्क प्रवेशको व्यवस्था भएको कार्यक्रममा कोभिड सुरक्षा मापदण्ड समेत लागु गरिएकाले निर्धक्क सहभागी हुन आयोजकले अनुरोध गरेको छ । कार्यक्रम जुन १८ तारिखमा एम्पाएरको ब्रिजवेन कार्यलयमा दिउसो १ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ