Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाटियो संविधान संशोधनको खुसियाली, देशभर दिप प्रज्वलन

साटियो संविधान संशोधनको खुसियाली, देशभर दिप प्रज्वलन


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेसँगै देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मत पारित भएपछि उपत्यकासहित देशभर दिप प्रज्वलन गरेर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाई बढी मतले पास गरेको थियो । योसँगै उपत्यकाको माइतिघर मण्डला, सहिदगेट, बसन्तपुर, बालुवाटार लगायतका ठाउँमा उपस्थित भएर सर्वसाधारणले सडकमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरे ।

शनिबार राती र आइताबार बिहान काठमाडौं सहित, दाङ, बुटवल, विराटनगर, चितवन, मकवानपुर लगायत देशैभर संशोधन बिद्येयक पारित भएपछि दीपप्रज्वलन गरेर खुसियाली मनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ