Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब रेडियो र टीभीबाट पठनपाठन, यस्तो छ नेपालीको दुरसञ्चार पहुँच

अब रेडियो र टीभीबाट पठनपाठन, यस्तो छ नेपालीको दुरसञ्चार पहुँच


काठमाडौं । सरकारले असार १ गतेदेखि एफएम, टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् पठनपाठन सुरु गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवश्यक तयारी पुरा गरेसँगै सरकारले असार १ देखी कोरोना महामारी र लकडाउनको अवधिमा रेडियो तथा टेलिभिजनबाट पढाई सुरु गर्ने जानकारी दिएको छ ।

टेलिभिजनमा कक्षा एक देखि आठ कक्षासम्मको पढाइ सुरु गर्ने तयारी भएको छ । १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट, कक्षा ९ र १० को विषयगत पढाई डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट हुनेछन् । विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएम तथा टेलिभिजनलाई समेत उपयोग गर्न सक्नेछन् ।

विज्ञको धारणा
रेडियो तथा टेलिभिजनबाट कोरोना महामारिको समयमा पठनपाठन गर्दा सबैको पहुँचमा नपुग्ने र विभेद बढ्ने कतिपयको बुझाई छ । शिक्षाविद् मनप्रसाद वाग्ले इन्टरनेट, मोवाई, रेडियो, टेलिभिजन के कति घरपरिवार र विद्यार्थीको पहुँचमा छ भन्ने एकिन नै नगरि हचुवाको भरमा निर्णय गरिदा विद्यार्थीको मनोबल गिर्ने तथा शिक्षण शिकाईको गुणस्तर घट्ने बताउनुहुन्छ ।

नेपालीको दुरसञ्चारमा पहुँच
शेयरकास्ट इनिसियटिभ नेपालले गरेको नेपाल मिडिया सर्वेक्षण, २०१९ अनुसार ९६ प्रतिशत घरपरिवारसँग मोबाइल फोन सुविधा छ । यीमध्ये ६१ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्छन् । ५९ प्रतिशतले मोबाइल फोनबाट इन्टरनेट चलाउँछन् र ३४ प्रतिशतले ब्रोडब्यान्ड र वाईफाई प्रयोग गर्छन् । युट्युब प्रयोगकर्ता दोब्बरले बढ्दा रेडियो र टेलिभिजनबाट सूचना लिनेको संख्या जनसंख्याको करिब ५० प्रतिशत छ ।

नेपालमा कम्प्युटर र ल्यापटपको यकिन संख्यासम्बन्धी तथ्यांक नभए पनि विश्व बैंकको एक तथ्यांकले ६६ अर्ब रुपैयाँको सूचना तथा संचार साधन नेपाल भित्रिएको देखाएको छ । गाउँगाउँमा पुगेको रेडियो, टेलिभिजन तथा दुरसञ्चारको पँहुचले केही तयारी गर्ने हो भने घरघरमै पठनपाठन सम्भव हुने आँकलन गरिदैछ ।

यस्तो छ, रेडियो टीभीको पढाई तालिका



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ