Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीबाट नेपाल जाने सबै टिकट बिक्री । सिधै घर जाने सुविधा पनि

सिड्नीबाट नेपाल जाने सबै टिकट बिक्री । सिधै घर जाने सुविधा पनि


ब्रिजवेन
कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीको सिड्नीबाट हुन लागेको चार्टर उडानको सबै टिकट बिक्री भएको छ ।
मंगलबार जुन २३ तारिखमा नेपाल एयर लाइन्सको विमानले सिड्नीबाट दिउसो १ बजे काठमाडौका लागि उडान भर्दैछ । ऐतिहासिक उडानमा नेपाल फर्कनका लागि २ सय ५७ जनाले टिकट काटिसकेका छन् । उनीहरुले नेपाल सरकारको नियम अनुसार कोरोना नलागेको प्रमाणपत्र पिसिआर परिक्षण समेत गरेका छन् । मेलवर्नबाट आगामी जुन २७ तारिखमा दोस्रो उडान हुदैछ । त्यसका लागि टिकट काट्ने सोमबार अन्तिम दिन हो । यो उडानबाट पनि २ सय ५७ जना यात्रा गर्न सक्नेछन् । अधिकांश टिकट अग्रिम बुकिङ भइसकेकाले यो उडान पनि भरिभराउ हुने राजदूत महेश दाहालले जानकारी दिनुभयो । सिड्नीबाट हुने उडानमा यात्रुलाई बिदाई गर्न राजदूत दाहाल नै जाने कार्यक्रम तय भएको छ । अष्ट्रेलियाबाट गएका नेपालीहरुलाई सिधै होम क्वारेन्टिनमा पठाउने संभावना बढेको छ । अष्ट्रेलियामा कोरोनाको संक्रमण ज्यादै न्युन रहेको तथा यात्रुले पिसिआर परिक्षण पनि गरिसकेकाले उनीहरुलाई १४ दिनको होम क्वारेन्टिनमा पठाउन सकिने गरि तयारी भएको छ । तर, नेपाल पुगेपछि पनि परिक्षणमा नेगेटिभ आएमात्र होम क्वारेन्टिनमा पठाइने दुतावासले जनाएको छ ।

दाेस्राे उडान सम्बन्धमा दूतावासकाे सूचना

अष्ट्रेलियाबाट नेपाल उडानका लागि झण्डै २४ सय डलर टिकट शुल्क राखिएको छ । यसअघि नेपाल वायु सेवा निगमको विमान अष्ट्रेलियाका नागरिक लिएर तीन पटक सम्म अष्ट्रेलिया आएपनि रित्तै फर्किएको थियो । नेपाली लिएर उडान भर्न लागेको चाहि यो नै पहिलो पटक हो । नेपाल र अष्ट्रेलियाबिच सिधा उडान गर्ने बारे हवाई सम्झौता भईसकेकाले उदरका बेला गरिएका यस्ता उडानले भविष्यमा सम्झौता कार्यन्वयन गर्न मार्ग प्रसस्त गरेको जानकारहरुको बुझाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ