Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली समातिए

ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली समातिए


सिड्नी
अष्ट्रेलियामा अनलाईनबाट ठगी गरेको आरोपमा एक महिला र एक पुरुष गरि दुइ नेपाली समातिएका छन् । उनीहरुलाई वृद्ध अष्ट्रेलियनलाई टेलिफोन गरि पैसा ठगी गरेको आरोप लागेको छ ।

न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिईन् । लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । ठगहरुले बैंकको प्रतिनिधी बनेर ती महिलालाई टेलिफोन गरि उनको बैंक खातामा समस्या आएर बन्द गरि नयाँ खाता खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा भनिएको छ । नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठ’गहरुले ती महिलालाई विश्वास दिलाएका थिए । पैसा लिन उनीहरु नक्कली कुरियरकर्मी बनेर ती वृद्धाको पारामाट्टा नजिकैको टेलोपीस्थित घरमै गएको प्रहरीले जनाएको छ । पैसा दिएपछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिईन् ।

प्रहरीमा उजुरी परेपछि पनि ती समुहले टेलिफोन गरेर थप ५ हजार डलर मागेका थिए । पैसा लिन आएका बेला २२ जुन सोमबार साझ प्रहरीले यी दुइ नेपालीलाई ती वृद्धाको घर नजिकैबाट समातेको हो । पक्राउ पर्ने महिला २२ वर्षकी छिन् भने पुरुष १९ वर्षका छन् । उनीहरुलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ । सोधपुछका क्रममा यी दुइ अन्तरदेशिय ठगहरुको गिरोहमा संलग्न रहेको र पैसा संकलन गरेर विदेशमा पठाउन सक्रिय रहेको खुलेको छ । अनुसन्धानका क्रममा यो समुहले अन्य थुप्रैलाई फोन गरेर बैक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनेर पैसा भुक्तानी लिएको बुझिएको छ ।
जागिरको प्रलोभनमा परेर नेपाली विद्यार्थीले आफ्नो परिचयपत्रहरु जताभावी पठाउदा अष्ट्रेलियामा उनीहरुको कागजात दुरुपयोग हुने क्रम समेत बढेको छ । अष्ट्रेलियामा गत वर्ष मात्रै साढे ४ सय मिलियन डलर भन्दा बढी रकम अनलाईनबाट ठ’गी भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ