Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा ११ हजार बढी संक्रमित, २६ जनाको मृत्यु

नेपालमा ११ हजार बढी संक्रमित, २६ जनाको मृत्यु


काठमाडाै, नेपालमा कोरोनाको संक्रमण र मृत्युदर बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ४३४ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै पाल्पामा १२२ जना, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३ १३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँ र धनुषाका ९ ९ जना, बाजुरा र सप्तरीका ८ ८ जना, प्युठान र रुपन्देही ७ ७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६ ६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५ ५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३ ३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २ २ मा संक्रमण पुष्टि भएको छ । बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १ १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका र पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको मृत्यु भएको छ । कोरोना जित्नेहरुको संख्या २ हजार ६५० पुगेको छ । देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ