Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News३ कराेड कट्याे नेपालीकाे संख्या

३ कराेड कट्याे नेपालीकाे संख्या


काठमाडाैं, नेपालको जनसङ्ख्या शुक्रबारदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर देशको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको जानकारी गराएको हो ।

राष्ट्रिय जनगणना २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले कार्यतालिका स्वीकृत गरेको थियो । हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने व्यवस्था रहदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ