Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट दोस्रो उद्दार उडान आज

अष्ट्रेलियाबाट दोस्रो उद्दार उडान आज


मेलवर्न, काेराेनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीको उद्दार गर्न आज दोस्रो उडान हुदैछ ।
अष्ट्रेलियाको मेलवर्नबाट अबको केही बेरमा १२स्५० बजे अप्रान्ह नेपाल वायु सेवा निगमको विमानले उडान भर्न लागेको हो ।
विमानमा स्वदेश फर्कन ३ सय २५ जनाले नाम टिपाएका छन् । ती मध्ये २ सय २० जनाले मात्र टिकट काटेको दूतावासको भनाई छ । नेपाल फर्कनका लागि यात्रुहरु विमानस्थल पुगिसकेको भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले जानकारी दिनुभयो ।विमानमा फर्किन अन्य राज्यबाट मेलवर्न पुगेका ३५ अभिभावक यात्रुलाई एनआरएनएले खाजा र खानाकाे समेत व्यवस्था गरेकाे छ ।

स्वदेश फर्कन मेलवर्न विमानस्थलमा चेकईन गर्दै नेपाली यात्रु photo-NRNA Australia

नागरिकका उद्दार गर्न नेपालबाट वायु सेवा निगमको वाईड बडी जहाज RA 4136 मेलवर्न आएको हो । यो नेपाली विमानको पाचौं अष्ट्रेलिया चार्टर्ड उडान हो । यस अघि २३ जुनमा नेपाली विमान चढेर सिड्नीबाट २५९ जना नेपाली स्वेदश फर्किसकेका छन् ।
यसअघि ब्रिजवेन, सिड्नी र क्यानवेरा आएको नेपाली विमानले काठमाडौबाट अष्ट्रेलियाका नागरिकको उद्दार गरेको थियो । यसअघि खाली फर्किएको विमान यसपाली नेपाली लिन काठमाडौबाट खाली नै आएको हो । नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान गर्ने सहमति भईसकेका बेला उद्दारका लागि गरिएको चार्टर्ड उडानलाई कोसेढुंगाको रुपमा हेरिएको छ ।
कोरोनाका कारण लकडाउन हुदा अष्ट्रेलियामै अड्किएका १३ सय जना नेपालीले स्वदेश फर्कन दूतावासमा आवेदन दिएका थिए ।

याे पनि पढ्नुहाेस्

अष्ट्रेलियामा नेपाली विमानको ईतिहास र भविष्य



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ