Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतहुँदै नेपाल भित्रियो सलहको समूह, जोखिमबारे अध्ययन गरिदै

भारतहुँदै नेपाल भित्रियो सलहको समूह, जोखिमबारे अध्ययन गरिदै


काठमाडौं । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाही हुँदै सलहको झुण्ड नेपाल प्रवेश गरेको पाइएको छ । जुन २७ मा सहलको झुण्ड भारतहुँदै प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका प्रमुख सहदेव हुमागाईँका अनुसार बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान सहलको समुह प्रवेश गरेको पाइएको छ । कस्तो खालको सहल हो र संख्या कति छ भन्ने एकिन गर्न स्थानीय विज्ञहरु सलह भित्रिएको क्षेत्रमा पुगेका छन् । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी आएपनि मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन गर्न अध्ययन थालिएको छ । पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेको समयमा सहलको समूह तितरवितर भएर नेपाल प्रवेश गरेको हुनसक्ने आँकलन गरिएको छ ।

नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको र आप्रवासी सलह भएको प्रारम्भिक अनुमान छ । केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले यसअघि नै अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले बनाएको कार्ययोजना अनुसार नै अब सलहको प्रकोपबारे अध्ययन हुनेछ ।

सन २०१९ को सुरुवाततिर केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह पाकिस्तानको पूर्वी भाग हुँदै भारत प्रवेश गरेको थियो । अहिले नेपाल प्रवेश गरेको सलह कीराले सबै जसो खेतिबालीलाई आहारा बनाउने गर्छ । केही पनि हरियो जीवित वस्तु बाँकी नछाड्ने सलह समूह र अत्यधिक मात्रामा हुने भएकोले रोकथाम अत्यन्तै कठिन मानिएको छ । खाद्य वालि बिनास गर्ने सलहको प्रकोप नेपालमा बिस्तार भएमा ठूलो जोखिम व्यहोर्नुपर्ने हुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ